default_image

6 years ago

July 22, 2018

भरत एसियाड नखेल्ने पक्का

ललितपुर (हाम्रो खेलकुद) –  एसियाली खेलकुदका लागि २३ वर्षमाथिबाट छानिएका तीन मध्येका खेलाडी भरत खवास चोटका कारण प्रतियोगिता नखेल्ने पक्का भएको छ। यसअघि  अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय यू २३ टोलीको घोषणा गर्दा २३ वर्षमाथिका ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार टोलीमा राष्ट्रिय टोलीका सदस्य रहेका गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र स्ट्राइकर भरत खवासलाई समावेश […]

25 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) –  एसियाली खेलकुदका लागि २३ वर्षमाथिबाट छानिएका तीन मध्येका खेलाडी भरत खवास चोटका कारण प्रतियोगिता नखेल्ने पक्का भएको छ।

bharat khawas

फाइल तस्बिर

यसअघि  अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय यू २३ टोलीको घोषणा गर्दा २३ वर्षमाथिका ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार टोलीमा राष्ट्रिय टोलीका सदस्य रहेका गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र स्ट्राइकर भरत खवासलाई समावेश गरिएको थियो ।

ग्रोइन इन्जुरीका कारण भरत फिट नभएपछि उनको स्थान राष्ट्रिय टोलीका अर्का नियमित सदस्य विशाल राईले लिने प्रशिक्षक ग्योतोकी कोजुले हाम्रोखेलकुदलाई जानकारी दिए ।

१८ औं एसियाली खेलकुद इन्डोनेसियसाको जाकार्तामा भदौको पहिलो साताबाट सुरु हुनेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.