default_image

6 years ago

July 22, 2018

हाजार्ड र रियल सम्झौताको नजिक!

म्याड्रिड (एजेन्सी)– बेजिल्यम फुटबल टोलीका कप्तान एवंम् चेल्सीका फरवार्ड इडेन हाजार्ड रियल म्याड्रिडसँग सम्झौताको निकट रहेको बेल्जियमका सञ्चारमाध्यमले जनाएका छन् । हाजार्ड र रियलबीच केहि दिनमा सम्झौता हुने सक्ने समाचारहरुमा उल्लेख छन् । केहि वर्षयता देखि नै हाजार्ड रियल जाने चर्चा चले पनि त्यो सफल हुन सकेको थिएन । विश्व कपको अन्तिम १६ बाट बाहिरिएको […]

22 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– बेजिल्यम फुटबल टोलीका कप्तान एवंम् चेल्सीका फरवार्ड इडेन हाजार्ड रियल म्याड्रिडसँग सम्झौताको निकट रहेको बेल्जियमका सञ्चारमाध्यमले जनाएका छन् । हाजार्ड र रियलबीच केहि दिनमा सम्झौता हुने सक्ने समाचारहरुमा उल्लेख छन् ।

केहि वर्षयता देखि नै हाजार्ड रियल जाने चर्चा चले पनि त्यो सफल हुन सकेको थिएन । विश्व कपको अन्तिम १६ बाट बाहिरिएको केहि दिनपछि रियलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स सरुवा भएपछि क्लबको फरवार्ड लाइनमा समस्या पर्ने देखिएको छ । त्यस कारणपनि उनको विकल्पका रुपमा हाजार्डलाई भित्राउन रियल हतारिएको बताइएको छ ।

बेल्जियमका केहि सञ्चारमाध्यमले हाजार्डका बाबु र रियलबीच छलफल भएको उल्लेख गरेका छन् । हाजार्डका बाबु उनका एजेन्ट पनि हुन् । सो समाचारमा १ सय ९० मिलियन युरोमा दुई पक्षबीच सम्झौता अन्तिम चरणमा पुगेको पनि जनाइएको छ ।

अर्को तिर चेल्सी पनि उनको पारिश्रमिक बढाएर भएपनि हाजार्डलाई राख्न चाहन्छ । हाजार्ड आफैले पनि रियल जाने इच्छा यसअघि नै देखाइसकेकोले रोक्न सहज भने छैन । रोनाल्डोको विकल्पका रुपमा हेरिएका केहि खेलाडी मध्ये हाजार्ड पनि एक हुन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.