default_image

6 years ago

July 22, 2018

भेनेसियस जुनियरको नेयमार जुनियरसँग खेल्ने चाहना

म्याड्रिड (एजेन्सी) – ब्राजिलका युवा प्रतिभा भेनेसियस जुनियरलाई भित्राउने स्पेनिस जाइन्ट रियल म्याड्रिडको योजना पुरा भएको छ । १८ वर्षे भेनेसियसलाई अघिल्लो वर्ष नै क्लबले अनुबन्ध गर्ने प्रयास गरेपनि उमेरका कारण यो सिजन मात्रै लिन सम्भव भएको थियो र टोलीले उनलाई शुक्रबार सार्वजनिक गरेको थियो । स्पेनमा विदेशी खेलाडी अनुबन्ध गर्नका लागि खेलाडीको उमेर १८ […]

34 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – ब्राजिलका युवा प्रतिभा भेनेसियस जुनियरलाई भित्राउने स्पेनिस जाइन्ट रियल म्याड्रिडको योजना पुरा भएको छ । १८ वर्षे भेनेसियसलाई अघिल्लो वर्ष नै क्लबले अनुबन्ध गर्ने प्रयास गरेपनि उमेरका कारण यो सिजन मात्रै लिन सम्भव भएको थियो र टोलीले उनलाई शुक्रबार सार्वजनिक गरेको थियो ।

स्पेनमा विदेशी खेलाडी अनुबन्ध गर्नका लागि खेलाडीको उमेर १८ वर्ष उमेर नाघेको हुनुपर्ने प्रावधान छ । रियलले भेनेसियसलाई ब्राजिली क्लब फ्लेमिङ्गोबाट ४५ मिलियन पाउन्डमा सान्टियोगो बर्नबेउ ल्याएको हो । भेनेसियसले ब्राजिलका आइडल नेयमार जुनियरसँग क्लबमै खेल्ने चाहना राखेका छन् । तर, उनले नेयमारसँग क्लबबाट मात्रै नभई ब्राजिली टिमबाट मात्रै सम्भव हुन सक्ने बताएकबा छन् ।

‘मेरो ब्राजिली आइडल नेयमारसँगै क्लब फुटबलमा खेल्ने चाहना छ । तर, यो सिजन रियल मा सम्भव होला जस्तो देखेको छैन ’ भेनेसियसले भनेका छन्, ‘ब्राजिली आइडल नेयमार र मेरो खेल्ने पोजिसन एकै हो । यो अब राष्ट्रिय टिमबाट मात्रै सम्भव देखेको छु ।’ भेनेसियसलाई ब्राजिलका रोनाल्डोसँग पनि तुलना गरिएको छ । उनले भने, ‘मेरो लागि रोनाल्डो र नेयमार दुवै आदर्श व्यक्ति हुन् ।’

रियलका सर्वाधिक गोलकर्ता क्रिस्यिानो रोनाल्डोले क्लब छाडेपछि क्लबले रोनाल्डोको विकल्पमा नेयमार, इडेन हजार्ड, ह्यारी केन, केलियन एमबाप्पे जस्ता खेलाडी अनुबन्ध गर्ने प्रयासमा छ । हजार्डले मात्रै क्लब छोड्न सक्ने संकेत गरिरहँदा नेयमार र एमबाप्पेले पिएसजीमै बस्ने संकेत दिएका छन् । केनले पनि टोटनह्याम छाड्ने सम्भावना कम छ ।

‘नेयमार मेरो आइडल हो । उनी सारा ब्राजिलको आइडल पनि हो । उनीसँग खेल्ने मेरो सपना छ , उनले भने, यदि भगवान साथमा छ भने यो छिट्टै ब्राजिली टिमबाट सम्भव हुन सक्छ । र मैले उनीसँगै खेल्नेछु ।’ रियलका अध्यक्ष फियोरेन्टिना पेरेजले रोनाल्डाको बर्हिगमनसँगै टिमलाई अझै सशक्त बनाउने बताइरहेका छन् । उनले ब्राजिलबाट भेनेसियस र इटालीबाट अल्भेरो ओर्डिजोला जस्ता युवा प्रतिभाहरुको आगमनले टिम बलियो बन्दै गएको संकेत गर्दै छिट्टै टिम बलियो बन्न सक्ने बताएका छन् ।

‘हामी अझै उत्कृष्ट खेलाडीहरु अनुबन्ध गर्ने प्रयासमा छौं । हामीले भेनेसियस र ओर्डिजोलाजस्ता युवा प्रतिाभाहरु क्लबमा अनुबन्ध गरिसकेका छौं । अझै उत्कृष्ट खेलाडीहरु थप्ने प्रयासमा छौं ’ पेरेजले भने, ‘युवा खेलाडीहरुमा ड्रिब्लिङ, टेक्निक, गति र गोल गर्ने क्षमता छ । मलाई विश्वास छ कि यही युवा टिमबाट रियलको नयाँ युग सुरु हुनेछ ।’

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.