default_image

6 years ago

July 22, 2018

विलियनका लागि बार्सिलोनाले फेरी प्रयास गर्ने

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले चेल्सीका विङ्गर विलियन लिन तेस्रो प्रयास गर्ने भएको छ । तेस्रो पटकको प्रयासमा बार्सिलोनाले उनका लागि ५५ मिलियन युरो प्रस्ताव गर्ने बताइएको छ । गत साता बार्सिलोनाले ब्राजिलियन अन्तर्राष्ट्रिय विलियनका लागि ५३ मिलियन युरो प्रस्ताव गरेको थियो । दुई क्लबका प्रतिनिधिबीच उनका विषयमा छलफल भइरहेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार ला लिगा […]

27 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले चेल्सीका विङ्गर विलियन लिन तेस्रो प्रयास गर्ने भएको छ । तेस्रो पटकको प्रयासमा बार्सिलोनाले उनका लागि ५५ मिलियन युरो प्रस्ताव गर्ने बताइएको छ । गत साता बार्सिलोनाले ब्राजिलियन अन्तर्राष्ट्रिय विलियनका लागि ५३ मिलियन युरो प्रस्ताव गरेको थियो ।

दुई क्लबका प्रतिनिधिबीच उनका विषयमा छलफल भइरहेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार ला लिगा च्याम्पियनले तीन महिना अघि विलियन लिन पहिलो पटक प्रयास गरेको थियो । प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले पनि मेमा उनका लागि प्रस्ताव गरेको थियो ।

विलियन आफै पनि एन्टोनियो कोन्टे प्रशिक्षक रहँदा क्लब छाड्ने मनस्थितिमा रहेका थिए । यद्दपी अहिले टोलीमा मारिजो सारी नयाँ प्रशिक्षकका रुपमा चेल्सी पुगेका छन् । गत सिजन चेल्सीको उत्कृष्ट खेलाडी बनेका विलियनले युनाइटेडविरुद्धको फाइनलमा टोलीका लागि एक मात्र निर्णायक गोल गरेका थिए ।

गत सिजन बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ मा एक मात्र गोल पनि विलियनले गरेका थिए । सन् २०१३ मा रसियन क्लबबाट चेल्सी पुगेयता २ सय ३६ खेल खेल्ने क्रममा उनले ४४ गोल गरिसकेका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.