default_image

7 years ago

July 22, 2018

प्रशिक्षक कोजी – “लक्ष्य साफ च्याम्पियनसिप”

128 views

0 Bookmark

दिपेन्द्र पोखरेल

काठमाडौं – नेपाल राष्ट्रिय टोलीका प्रशिक्षक ग्यातुकी कोजीले इन्डोनेसियसाको जाकार्तामा भदौको पहिलो साताबाट सुरु हुने एसियाली खेलकुदलाई साफ च्याम्पियनसिपको तयारीको रुपमा हेरेका छन्। 

Koji

यू २३ टोलीको प्रशिक्षण गरिरहेका कोजीले बंगलादेशमा हुने साफ च्याम्पियनशिपलाई प्राथमिकताको रुपले हेरेका छन्। “हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो। एसियन गेम्स साफका लागि तयारी हो”, उनले आइतबारको प्रशिक्षण पछि मिडियासँग भने।

त्यस्तै कोजीले टोलीको फिटनेसलाई लिएर चिन्तित रहेको बताए, “अहिले हामी टोलीमा फिटनेसलाई मध्यनजर गर्दै प्रशिक्षण गराउँदै छौं। यसले राम्रो नतिजा पनि दिन सक्छ। तर नयाँ प्रयोग भएका कारण नकारात्मक नतिजा आउने सम्भावना रहेकोले म चिन्तित छु”, उनले थपे। त्यस्तै प्रशिक्षक कोजीले टोलीलाई मैत्रीपूर्ण खेलहरुको आवश्यकता रहेको पनि बताए।

यू-२३ टोलीमा ३ सिनियर टोलीका खेलाडीहरुलाई स्थान दिने प्रावधान छ, जसमध्ये कोजीको रोजाईमा परेका स्ट्राइकर भरत खवासले चोटका कारण प्रतियोगिता गुमाउने पक्का भएको छ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.