default_image

6 years ago

July 27, 2018

नगेल्सम्यानले यसकारण रियलको प्रस्ताव अस्विकार गरे

26 views

0 Bookmark

होफेन्हेम (एजेन्सी) – जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकको पद त्यागेयता खाली भएको पद स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटुईगीले पूर्ति गरे।  

hof

तर लोपेटुईगी अघि रियलले होफेन्हेमका प्रशिक्षक जुलियन नगेल्सम्यानलाई प्रस्ताव राखेको नगेल्सम्यान आफैले खुलासा गरेका छन्। ‘म्याड्रिडले मलाई कल गरेको थियो’, उनले भने, ‘रियल भदा अन्य ठूलो क्लबनै छैन’, ११फ्रेअण्डीसँग नगेल्सम्यानले भने। तर म्याड्रिडको प्रस्ताव उनले स्वीकारेनन्।

उनले थपे , ‘अहिले म ३१ वर्षमात्र छु , त्यसैले अर्कोपटक पनि यो प्रस्ताव आउनेछ भन्नेमा म विश्वस्त छु। हाललाई म जर्मनी छाड्न चाहान्न। हाम्रो समाजमा राम्रो प्रस्ताव, ठूलो रकमको पछि दौडने चलन छ, तर म त्यो हेर्दिन। मैले मेरो करियरमा थप सुधार गरेमा पुनः अर्को मौका पाउनेछु। अहिले मेरो परिवारले देश छाड्न मिल्दैन। ‘

होफेन्हेममा राम्रो नातिजा निकाल्दै आएका उनको यो अन्तिम सिजन हुनेछ। २०१९/२० को सिजनबाट उनलाई अर्को जर्मन क्लब लोपेटुईगीले अनुबन्ध गरेको छ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.