default_image

6 years ago

July 27, 2018

विश्वका महंगा युवा फुटबल खेलाडी

37 views

0 Bookmark

पेरिस (एजेन्सी) – पछिल्लो १२ महिनामा सबै भन्दा महंगा खेलाडीको सुचिमा नेयमार नम्बर एकमा रहे । गत सिजन उनी बार्सिलोना बाट २ सय २२ मिलियन युरोमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । यो नै अहिले सम्मको ट्रान्सफर विन्डोकोे सबैभन्दा ठूलो रकम हो । तर, हामी यहाँ २१ बर्ष मुनिका फुटबल खेलाडीका विषयमा चर्चा गर्दैछौं ।

प्राइम टाइम्स स्पोर्टस् ले तयार पारेको रिपोर्ट अनुसार केहि फुटबल मुल्य सुचाङकको प्रयोग गरिएको छ । जसमा खेलाडीको उमेर, पोजिसन, वर्तमान क्लब, सम्झौता अवधि, बजार मुल्य, अन्तराष्ट्रिय खेल, मिनेट खेल, गोल, चोट र प्राविधिक क्षमतालाई मुल्याङकन गरेको छ ।

अहिले सम्म १९ जना युवा खेलाडीमा क्लबहरुले जम्मा १ विलियन भन्दा बदि खर्च गरेको छ । जुन प्रति १२ महिनामा ६६ प्रतिशत बृद्धि हो । अझ पाँच जना खेलाडीले दोस्रो बर्षको सुचिमा झनै बढी कमाउने आशा गरिएको छ ।

१९. सेन्गिज अन्डर (रोमा)– ३१.९ मिलियन युरो
२१ वर्षे टर्कीका फरवार्ड सन् २०१७ मा रोमा पुगेका थिए । उनी रोमा १३ मिलियन युरोमा रोमा पुगेका थिए । उनले स्टाडियो आलिम्पिकोमा पहिलो सिजन राम्रो प्रदर्शन गरे । सिरी–ए का २६ खेल खेल्दा उनले ७ गोल समेत गरे ।

१८. एलन सेन्ट मैक्सिम (नाइस)– ३१.९ मिलियन युरो
२१ वर्षे एलन हानोभर र बास्टियामा लोन पछि नाइस पुगेका थिए । उनले आफ्नो व्यावसायिक फुटबल यात्रामा अहिले सम्म बढि लिग–१ मा बिताएका छन् । उनले बुन्डेस लिगाका १६ खेल खेल्दै १ गोल पनि गरेका छन् । उनलाई कौशल र अप्रत्याशित, प्राकृतिक प्रतिभा भएको खेलाडीको रुपमा हेरिन्छन् ।

१७. होउसेम अओर (लियोन)– ३४.५ मिलियन युरो
मिडफिल्डर होउसेमले २०१७–१८ को सिजनमा आफुलाई स्थापित गर्दै र लियोनका लागि एक प्रमुख खेलाडीका रुपमा स्थापित गरे । उनी अहिले लिभरपुल र बार्सिलोनाको नजरमा छन् ।

१६.पट्रिक कुट्रोन (मिलान)– ३५ मिलियन युरो
मिलानले २०१७ मा उनलाई निकै खर्चका साथ भित्राएको थियो । उनले २०१७–१८ को सिजनमा सबै भन्दा प्रभाव असर पारेका थिए । खेलका दौरन मिलानमा उनले निकै राम्रो प्रदर्शन गरे । उनले मिलानमा रहेर पछिल्लो सिजनमा सिरी–ए का २८ खेल खेल्दै १० गोल गरे । २० वर्षे पट्रिकले २०१८ मा इटाीयन राष्ट्रिय टिममा डेब्यू समेत गरे ।

१५.डायोट अपमेकानो (आरबी लेइपिङ्)- ३९.३ मिलियन युरो
१९ वर्षे डायोटले आरबी लेइपिङमा रहेर दुई सिजन बुन्डेस लिगा खेले । डिफेन्डर डायोटले बुन्डेस लिगाका ३६ खेल खेलेका छन् । उनी फ्रान्सको यु–१९ राष्ट्रिय टिम बाट पनि खेल्दै आई रहेका छन् । उनलाई अहिले बार्सिलोना र म्यान्चेस्टर युनाईटेडले नजरमा राखेको छन् ।

१४. रोड्रिग्यो(सान्टोस)– ४० मिलियन युरो
१७ वर्षे रोड्रिग्यो एक प्रतिभावान खेलाडी हुन । उनी ठूला क्लबको समेत नजरमा परेका छन् । तर, उनले पहिलेनै रियल मड्रिडमा ठूलो रकममा सम्झौता गरिसको छन् । रियल मड्रिड उनका लागि ४५ मिलियन युुरो तिर्न तयार छ । जुन ल्याटिन अमेरिकामा यो कीर्तिमानी हो । उनी एक अर्को बर्ष सान्टोसमै रहने छन् ।

१३. भेनिसियस जुनियर (रियल मड्रिड)– ४५.१ मिलियन युरो
ब्राजिलियन एक युवा खेलाडी हुन भेनिसियस । उनी भर्खरै मात्र रियल मड्रिडमा अनुबन्ध भएका हुन । फ्लामेङगोमा दुई सिजन सिरी–ए खेलेका उनका लागि ठूलो रकम तिर्न रियल तयार भएको थियो । रोड्रिग्यो जस्तै उनी पनि रियलमा पहिलानै अनुबन्धित भएका थिए । तर, उमेर १८ बर्ष नपुगेकाले उनी फ्लामेङगोमा नै एक बर्ष बिताएका थिए ।

१२. माथिज डे लिग्ट( आयक्स)– ५० मिलियन युरो
डे लिग्ट विश्व फुटबलको केन्द्रमा रहेका युवा खेलाडी हुन् । उनी पहिलेनै प्रमुख युरोपेली क्लबमा छन् । बार्सिलोना, युभेन्ट्स, म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटीले उनलाई आफ्नो क्लबमा भित्राउन चाहेका छन् । उनले नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

११. ट्रेन्ट एलेक्सजानदर आर्नोल्ड (लिभरपुल)– ५०.७ मिलियन युरो
१९ वर्षे ट्रेन्टले आफ्नो पहिलो क्लब स्तरिय खेलनै प्रिमियर लिगमा खेलेका थिए । उनले आफुलाई लिभरपुलमा स्थापित गरि सकेका छन् । उनी लिभरपुलको पहिलो रोजाइका रक्षक हुन् । उनले विश्व कपमा इंग्लयान्डको टोलीबाट खेलिसकेका छन् ।

१०. रयान सेसेग्नोन (फुल्ह्याम)– ५१.३ मिलियन युरो
रयान पछिल्लो च्याम्पियन्स लिगमा निकैनै उत्कृष्ट साबित भएका थिए । उनीले फुल्ह्यामलाई प्रिमियर लिगमा बढुवा हुन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले अर्को १२ महिनाको लागि क्लबमै रहने सहमति गरेका छन् ।

९. मिकेल ओयार्जाबल (रियल सोसियाड)– ५१.३ मिलियन युरो
मिकेल स्पेनमा सबैभन्दा आशा गरिएका खेलाडी हुन् । उनी अहिले रोमाको नजरमा छन् ।

८. लियोन बेली (बायर लिभरकुसेन) – ५६.५ मिलियन युरो
२० वर्षे लियोन राष्ट्रिय टिम र क्लबका लागि निकैनै महत्वपुर्ण सदस्यको रुपमा मानिन्छन् । उनले क्लबमा रहेर बुन्डेस लिगाका दुई सिजन खेले । दुई सिजनका ३८ खेल खेल्दै ९ गाृेल गरेका छन् ।

७. क्रिस्टियन पुलिसिच (बोरुसियो डर्टमन्ड) -६१.२ मिलियन युरो
पछिल्लो सिजन उनले बोरुसियो डर्टमन्डमा रहेर बुन्डस लिगाका ३२ खेल खेलेर ४ गोल गरे । उनी एक क्षमतावान खेलाडी हुन र उनले एक समयमा आफ्नो भविष्यको अर्को कदम लिने छन् ।

६. गिन्लुइगी डोन्नारुमा (मिलान)– ६२.८ मिलियन युरो
१९ वर्षे डोन्नारुमा मिलानका भर पर्दा गोलकिपर हुन । उनले मिलनमा सिरी–ए का तीन सिजन खेल्दा तीन सिजनका १ सय ६ खेल खेलेका छन् । उनले २०१६ मा इटालीयन राष्ट्रिय टिममा समेत आफ्नो स्थान बनाएका छन् । उनले राष्ट्रिय टिमबाट ६ खेल खेलेका छन् ।

५.फेडेरिको चेइसा (फियोरेन्टिना)– ६३.६ मिलियन युरो
सुचिको उच्च स्थानमा राखेको इटालियन खेलाडी फेडेरिको चेल्सी र लिभरपुल र टोटनह्यामको नजरमा परेका छन् । उनले फियोरेन्टिनामा रहदै दुई सिजन सिरी–ए खेले । सिरी–ए का दुई सिुजनमा ६३ खेल खेल्दै ९ गोल गरि सकेका छन् । उनले इटालियन राष्ट्रिय टिममा पनि यसै बर्ष डेब्यू गरेका हुन ।

४.ओस्माने डेमबले(बार्सिलोना)– ८४.३ मिलियन युरो
१२ महिना अघि एक स्थान तल रहेका डेम्बले कोर्निसिया डटमन्डबाट बार्सिलोना जादा ६०.९ मिलियन युरो बाट उनको मुल्य बढ्यो । उनी सम्मिलित बार्सिलोनाले ला लिगा जितेको थियो । फ्रान्सले विश्व कप जित्दा उनी टोलीको सदस्य थिए ।

३. गाब्रेल जिसस(म्यान्चेस्टर सिटी)– ८८ मिलियन युरो
२१ वर्षे फरवार्डलाई दुई वर्षअघि सिटीले दोब्बर रकम तिरेर भित्राएको थियो । सिटीमा सन्तोषजनक प्रदर्शन गरेपनि ब्राजिलकातर्फबाट उनको विश्व कप बिर्सन लायक रह्यो । सिटी बाट प्रिमियर लिगका दुई सिजनमा ३९ खेल खेल्दै २० गोल गरि सकेका छन् ।

२.मार्कस रासफोर्ड (म्यानचेस्टर युनाइटेड)– ८९.२ मिलियन युरो
रासफोर्ड म्यान्चेस्टर युनाईटेडका नियमित खेलाडी हुन । १२ महिना अगाडी उनको मुल्य ५० मिलियन युरो थियो । २० वर्षे रासफोर्ड प्रिमियर लिगका चार सिजनका ७८ खेल खेल्दै १७ गोल गरेका छन् । उनले विश्वकप २०१८ मा पनि उत्कृष्ट खेलेका थिए ।

१. केलियन बाप्पे (पिएसजी) – १९२.३ मिलियन
उनले पिएसजीमा आफ्नो पहिलो सिजनमै उत्कृष्ट खेलेका थिए । उनले विश्वकपमा पनि उत्कृष्ट खेल्दै विश्वको युवा खेलाडीको उपाधि जिते । उनी मोनको बाट पिएसजीमा लोनमा आउनु भन्दा पहिले उनलाई १८० मिलियन युरोको व्यवस्था गरिएको थियो । उनले मोनाकोमा रहेर लिग–१ का तीन सिजनमा ४१ खेल खेल्दै १६ गोल गरेका थिए । पिएसजीमा उनले पहिलो सिजनमा २७ खेल खेल्दै १३ गोल गरेका छन् ।

May 9, 2024

नाटकीय पुनरागमनसँगै रियल म्याड्रिड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा नाटकीय पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको दोस्रो लेगमा २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनल प्रवेश गरेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा दुई गोल गरेपछि रियल फाइनल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.