default_image

6 years ago

July 27, 2018

रोनाल्डोले केइभोविरुद्ध ‘डेब्यू’ गर्ने सम्भावना

22 views

0 Bookmark

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले अगस्ट १९ मा किइभोसँग खेल्दै युभेन्ट्सबाट ‘डेब्यू’ गर्ने सम्भावना रहेको छ । पोर्चुगिज सुपर स्टार विश्व कपपछि छुट्टीमा रहेका छन् । अहिले उनी टोलीको प्रि सिजन भ्रमणमा आबद्ध छैनन् ।

सिरि ए च्याम्पियन टोलीले भेरोना भ्रणण गर्दा रोनाल्डो खेल्ने समर्थकहरुले अपेक्षा गरेका छन् । रोनाल्डो १ सय मिलियन पाउन्डमा रियल म्याड्रिडबाट युभेन्ट्समा आबद्ध भएका थिए । प्रशिक्षक मासिमिलानो अलिग्री र टोलीका अन्य साथीलाई प्रभाव पार्नका लागि पनि रोनाल्डो आफै ‘डेब्यू’का लागि ढिला गर्न चाहदैनन् ।

अहिले बिदामा रहेको रोनाल्डोले बिहिबार मात्र प्रेमिका जर्जियो रोड्रिग्वेजसँगको तस्बिर इन्स्टाग्राममा पोष्ट गरको थिए । केहि सातापछि सुरु हुने सिरिएमा रोनाल्डोको डब्यूलाई विशेष बनाउने अपेक्षा समेत गरिएको छ । उनले युभेन्ट्सको घरेलु मैदानमा भने लाजियोविरुद्ध अगस्ट २६ मा खेल्ने सम्भावना रहेको छ ।

अमेरिका भ्रमणमा रहेको युभेन्ट्स इन्टरनेसल च्याम्पियन्स कपमा भाग लिइरहेको छ । जहाँ टोलीले रोनाल्डोको पूर्व क्लब रियलसँग प्रतिस्पर्धा गर्नेछ । कतिपयले त्यसमा पनि रोनाल्डोलाई देख्न पाइने अपेक्षा गरेपनि त्यसको सम्भावना कम छ ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.