default_image

6 years ago

July 27, 2018

चेल्सीको नजरमा रहेका एलिकसन्डर गोलोभिन मोनाकोमा अनुबन्धित

25 views

0 Bookmark

मोनाको (एजेन्सी) – रसियन राष्ट्रिय टिम तथा सिएसके मस्कोको एट्याकर अलिकसन्डर गोलोभिन फ्रेन्च लिग वान क्लब एस मोनाकोमा अनुबन्धित भएका छन् । इंग्लिस क्लब चेल्सीको नजरमा रहेका गोलोभिनलाई मोनाकोले पाँच वर्षको लागि क्लबमा शुक्रबार अनुबन्ध गरेको हो ।

उनको अनुबन्ध रकम नखुलाइएपनि उनी २७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध भएको बुझिएको छ । मोनाकोको अफिसियल साइटले गोलोभिनलाई अनुबन्ध गरिएको र यसबारे छिट्टै सार्वजनिक गरिने बताएको छ । उनी २०२३ सम्म मोनाकोमा रहनेछ । क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘एएस मोनाकोले गोलोभिनलाई गोलोभिनलाई सिएसके मस्कोबाट पाँच वर्षका लागि अनुबन्ध गर्न पाएकोमा खुशी छौं ।’ मोनाकोमा अनुबन्ध भएसँगै गोलोभिनले यो आफ्नो लागि नयाँ र साहसिक यात्रा रहेको बताए ।

‘मेरो केही लक्ष्यमध्ये ठुला क्लबबाट खेल्ने एक महत्वाकाङ्क्षा पुरा हुने भएको छ । मैलै अब के गर्ने र कसरी अघि बढ्ने भन्ने सोचिरहेको छु । जहाँ मैले नयाँ साथीहरु र म्यानेजरसँग खेल्ने मौका पाएको छु ।’ गोलोभिनले भने ।

२२ वर्षीय गोलोभिनले रसिया विश्वकपमा उच्च प्रदर्शन गरेपछि उनलाई चेल्सीले अनुबन्ध गर्ने प्रयास गरेको थियो । रसिया विश्वकपमा चार खेलमा गोलोभिनले एक गर्नुका साथै दुई गोलको लागि अवसर सिर्जना गरेका थिए । अघिल्लो सिजन रसियन लिगमा मस्कोबाट २६ खेल खेल्दा गोलोभिनले पाँच गोल गर्दै ३ गोलको लागि सहायता गरेका थिए ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.