default_image

6 years ago

July 28, 2018

चेर्चेसोभको सम्झौता नवीकरण, युरो कपसम्म रुसी टोली सम्हाल्ने

26 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियन फुटबल फेडेरेसनले राष्ट्रिय फुटबल टोली का मुख्य प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभको सम्झौता नवीकरण गरेको छ । दुई वर्षको सम्झौता नवीकरणसँगै चेर्चेसोभले सन् २०२० को युरो कपसम्म रुसी टोली सम्हाल्ने छन् । उनीसँगको सम्झौता नवीकरणपिछ रुस फुटबल फेडेरेसनले टोलीले उच्च प्रदर्शन गर्ने अपेक्षा राखेको छ ।

‘चेर्चेसोभ र उनको टोलीमाथि फेडेरेसनले पूर्ण रुपमा विश्वास र भरोसा राखेको छ । हामीले रुसमा भएको जस्तै महत्वपूर्ण उपलब्धिको अपेक्षा आगामी दिनमा पनि राखेका छौं । त्यसैले हामीले चेर्चेसोभलाई सम्झौता नवीकरण गरेका हौ ’ फेडेरसनका कार्यवाहक अध्यक्ष एलेक्जेन्डर अलेभले भनेको छन् ।

रुसका पूर्व गोलकिपरसमेत रहेका चेर्चेसोभले २०१६ बाट रुसी टोली सम्हालिरहेका छन् । उनको प्रशिक्षणमा रुस घरेलु मैदानमा भएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्न सफल भएको थियो । क्वार्टरफाइनलमा रुस पेनाल्टी सुटआउटमा क्रोएसियासँग ४–३ ले पराजित भएको थियो ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.