default_image

6 years ago

July 28, 2018

रोनाल्डोले रियलमा जस्तै उच्च प्रदर्शन गर्ने युभेन्ट्स प्रशिक्षक विश्वास

21 views

0 Bookmark

टुरिन (एजेन्सी)– रियल म्याड्रिडमा जस्तै युभेन्ट्समा पनि क्रिस्टियानो रोनाल्डो खुला रुपमा गोल गर्ने क्रमलाई निरन्तरता दिने प्रशिक्षक मासिमिलियानो अलिग्रीले विश्वास लिएका छन् । यद्दपी युभेन्ट्समा उनी कुन पोसिजनबाट खेल्ने छन् भन्ने अझै तय भएको छैन ।

रियलमा झन्डै एक दशक बिताउने क्रममा रोनाल्डो सम्मिलित टोलीले पछिल्लो ५ वर्षमा स्पेनिस कपका साथै ४ पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । रसिया विश्व कपपछि रोनाल्डोले रियल छाडेर युभेन्ट्स जाने निर्णय गरेका थिए । पोर्चुगिज कप्तान रोनाल्डो रियलका सफल खेलाडी हुन् । पछिल्ला सिजन मात्र उनले सबै खाले प्रतियोगितामा ४४ खेलमा ४४ गोल गरेका थिए ।

उनका नयाँ प्रशिक्षक अलिग्रीले रोनाल्डोले कुन पोजिसनबाट खेल्ने पक्का नभएपनि युरोपियन च्याम्पियन टोलीमा जस्तै पोजिसनलाई निरन्तरता दिने अपेक्षा गरेका छन् । रियलमा रहँदा जस्तै उनले धेरै गोल गर्नेमा पनि प्रशिक्षक विश्वस्त छन् । ‘रोनाल्डो त्यहिबाट खेल्ने छन् , फ्रन्ट थर्ड जहाँ उनले सधै खेल्दै आएका छन्,’ प्रशिक्षक अलिग्रीले भने, ‘र उनले त्यसरी नै गोल गर्ने छन्, जसरी यसअघि गर्दै आएका छन् ।’

युभेन्ट्सले पछिल्लो सात वर्ष लगातार सिरी ए उपाधि जितेको छ । रोनाल्डो जस्ता स्टार खेलाडी विना पनि युभेन्ट्सले घरेलु फुटबलमा उच्च प्रदर्शन गरिरहेको छ । तर, च्याम्पियन्स लिग उपाधि जित्ने सम्भावना बलियो बनाउनका लागि भने रोनाल्डो जस्ता खोलडीको जरुरी हुन्छ ।

यसअघि दुई पटक फाइनल पुगेपछि युभेन्ट्स च्याम्पियन्स लिग जित्न असफल रहँदै आएको छ । रियलमा मात्र ४ र खेल जीवनमा ५ पटक च्याम्पियन्स लिग जितिसकेका रोनाल्डोबाट युभेन्ट्सले त्यस्तै प्रदर्शनको अपेक्षा पक्कै गरेको हुनुपर्दछ ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.