default_image

6 years ago

July 28, 2018

चेल्सीले विश्व कीर्तिमानी रकममा मात्र हाजार्ड बेच्ने सक्ने

16 views

0 Bookmark

लन्डन (एजेन्सी) – इग्लिस क्लब चेल्सीले आफ्ना स्टार खेलाडी इडेन हाजार्डलाई विश्व कीर्तिमानी रकम २ सय मिलियन पाउन्डमा मात्र बच्न सकिने बताएको छ । सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेर युभेन्ट्स सरुवा भएयता हाजार्ड रियल जाने चर्चा व्यापक रुपमा चलेको छ । तर, चेल्सी आफ्ना स्टारलाई सस्तोमा बेच्ने पक्षमा छैन ।

चेल्सीका नयाँ प्रशिक्षका माउरिजियो सारी हाजार्डलाई गुमाउन चाहदैनन् । सम्भवत, त्यहि कारण पनि उनलाई खरिद गर्न चाहनेले विश्व कीर्तिमानी रकम तिर्नुपर्ने बताइएको छ । बार्सिलोनाबाट गत सिजन नेयमार १ सय ९८ मिलियन पाउन्डमा पिएसजी पुगेका थिए । अहिले सम्मको कीर्तिमानी सरुव रकम त्यहि हो ।

चेल्सीका अर्का खेलाडी विलियनलाई पनि चेल्सीले चर्को मुल्य तोकेपछि बार्सिलोना जाने चर्चा अहिले सेलाएको छ । अर्कोतिर चेल्सीले गरेको सम्झौता बढाउने प्रयासलाई हाजार्डले अस्वीकार गर्दै आएका छन् । उनको अहिलेको सम्झौता अझै दुई वर्षको रहेको छ ।

अब अहिलेको सम्झौतामा हरेक साता ३ लाख पाउन्ड पाउने सम्झौता हुने सम्भावना छ । विश्व कपको छुट्टीबाट फर्केपछि आफ्ना गोलकिपर थिबाउट कर्टियोसलाई पनि राख्न चाहेको छ । उनी पनि रियल जाने चर्चा चलिरहेको छ । हाजार्ड, कर्टियोस सम्मिलित बेल्जियम रसिया विश्व कपमा तेस्रो भएको थियो ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.