default_image

6 years ago

July 28, 2018

आर्सनलको जितमा ओजिलको पनि गोल

20 views

0 Bookmark

सिंगापुर(एजेन्सी) – इंग्लिस प्रिमियर लिग टोली आर्सनलले प्रि सिजनका लागि सिंगापुर यात्रामा पहिलो जित हासिल गरेको छ । प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा शनिबार साँझ दि नेसनल स्टेडियममा भएको खेलमा आर्सनलले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ५–१ ले पराजित गरेको छ ।
आर्सनल पहिलो खेलमा एट्लेटिको म्याड्रिडसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

खेलको १३ औं मिनेटमा हालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेसुज ओजिलको गोलबाट आर्सनल खेलमा अग्रता लिएका थिए । ओजिलले पिएरे औबामेयङको पासमा गोल गरेका हुन । पिएसजीले ६० औं मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए ।

पिएसजीका लागि क्रिस्टोफर एनकुन्कुले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । तर, ६७ औं मिनेटमा एलेक्जेन्डर लाकाजेट्टेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए भने ७१ औं मिनेटमा लाकाजेट्टले अर्को गोल थपे ।

रोब होल्डीङले ८७ औं मिनेट गोल गरे । न्यजुरमा एक गोल गरे । उनले नेल्सनको सापमा गोल गर्दै टिमलाई ४–१ को फराकिलो अन्तर बनाए । इन्जुरी समयमा एडावर्ड एनकेथियाले टोलीका लागि अन्तिम गोल गरे ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.