default_image

6 years ago

July 29, 2018

प्रि– सिजन इन्टरनेसनल च्याम्पियन कपः सिटी विजयी

45 views

0 Bookmark

मियामी (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी हात पारेको छ ।

अमेरिकाको मियामीमा भएको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ३–२ ले पराजित गरेको हो । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा लुकास मेचाले गोल गरे । बायर्नका लागि मेरिटन सवानी र आर्जेन रोवेनले गोल गरे । सिटीले दुई गोलले पछि परेको अग्रता उल्ट्याएर जित निकालेको हो ।

१५ औं मिनेटमा सवानीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा रोबेनले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा सिल्भाले गोल गरेपछि पहिलो हाफ २–१ मा सकिएको थियो । ५१ औं मिनेटमा लुकासले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ७० औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.