default_image

6 years ago

August 1, 2018

साफ च्याम्पियनसिप -नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं (हाम्रो खेलकुद) –अर्को महिना बंगलादेशमा हुने साफ च्याम्पिनसिपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । भदौ १९ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल समूह एमा रहेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले निकालेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल भदौ १९ गते हनेछ । सोही दिन आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –अर्को महिना बंगलादेशमा हुने साफ च्याम्पिनसिपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । भदौ १९ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल समूह एमा रहेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले निकालेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल भदौ १९ गते हनेछ । सोही दिन आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल नेपालले भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल भदौ २३ गते आयोजक बंगलादेशसँग खेल्नेछ ।

अर्को समुहमा साविक विजेता भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । राउन्ड रोविन लिग राउन्डबीच समूहका शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन् । च्याम्पियनसिपको फाइनल भदौ ३० गते हुनेछ ।

नेपाली टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । एसियाड र साफ च्याम्पियनसिपका लागि संयुक्त अभ्यास गरिरहेका नेपाली खेलाडी केहि दिनपछि अभ्यास खेलका लागि थाइल्यान्ड जाने तयारीमा छन् । नेपालले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.