default_image

6 years ago

August 22, 2018

युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्ने रोनाल्डोको इच्छा

24 views

0 Bookmark

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । तर, पोर्चुगिज सुपर स्टार रोनाल्डो नयाँ क्लब युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्न चाहन्छन् ।

उनी यहि सिजन १ सय मिलयन युरोमा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । युभेन्ट्सले इटालीमा एक क्षत्र राज गरेपछि च्याम्पियन्स लिगमा सफलता भने पाउन सकेको छैन ।

युभेन्ट्स पछिल्लो सात बर्ष इटालियन लिग च्याम्पियन रहँदै आएको छ ।रोनाल्डोको आगमनपछि क्लबका समर्थकले पनि च्याम्पियन्स लिग जित्ने आशा राखेका छन् । ३३ वर्षे सुपर स्टार पनि त्यसका लागि प्रतिबद्ध छन् ।

‘म युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्न चाहन्छु । टोलीका हामी सबै त्यसमा केन्द्रित छौं,’ रोनाल्डोले भने,‘ त्यसका लागि एक एक कदम अघि बढ्दै जानुपर्ने हुन्छ । सम्भव भए यो वर्ष, नभए अर्को वा त्यसपछि । हाम्रो क्लबको मुख्य लक्ष्य लिग, कोपा इटालिया र निश्चय नै च्याम्पियन्स लिग पनि हो । ’

रोनाल्डोले आइतबार युभेन्ट्सका लागि डेब्यू गरेका थिए । लिगका त्यो खेलमा उनको टोली ३–२ ले विजयी भएको थियो । यद्दपी त्यो खेलमा रोनाल्डोले गोल गर्न सकेनन् ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.