default_image

6 years ago

August 22, 2018

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

28 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)-बंगलादेशमा अबको तीन सातापछि शुरु हुने १२औं संस्करणको साफ सुजुकी कप अर्थात साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमले बुधबारबाट प्रशिक्षण शुरु गरेको छ । १८औं एसियन गेम्समा सहभागिता जनाएर सोमबार राति स्वदेश फर्किएको नेपाली राष्ट्रिय टिमले मंगलबार एक दिन विश्राम गर्दै बुधबारबाट प्रशिक्षण शुरु गरेको हो ।

 

नेपाली टोलीलाई मुख्य प्रशिक्षक ग्योतोकु कोजीको अनुपस्थितिमा प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका छन् । पहिलो दिनको प्रशिक्षणमा चोटका कारण रविन श्रेष्ठ र इन्डोनेसियामा रहेका रोहित चन्द अनुपस्थित रहे । रविनले सम्भवत साफ च्याम्पियनसिप गुमाउनेछ । चोटकै कारण सुमन लामा, आदित्य चौधरी र कमल श्रेष्ठ प्रशिक्षण स्थलमा रहेपनि प्रशिक्षणमा सामेल भएनन् । चोटका कारण एसियन गेम्स गुमाएका स्ट्राइकर भरत खवास प्रशिक्षणमा फर्किएका छन् । कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले साफको लागि आजबाट तयारी शुरु गरिएको बताए ।

‘एसियन गेम्सपछि हामीले एक दिन विश्राममा बस्दै प्रशिक्षण आजबाट प्रशिक्षण शुरु गरेका हौं । हामीसँग अब १० दिनको समय छ । साफ च्याम्पियनसिपमा हामी टोटल फुटबल र अट्याकिङ फुटबल खेल्नेछौं ’ कार्यवहाक प्रशिक्षक महर्जनले भने, ‘एसियन गेम्समा डिफेन्समा बढी फोकस भएका थियो । अब हामीले जापान र भियतनामसँग खेल्नुपर्ने छैन । त्यसैले यसपटक हामी हाम्रो राम्रो देखिएको गोलकिपिङ र डिफेन्सलाई थप सुधार गर्दै अट्याकिङलाई प्रशिक्षणमा बढी केन्द्रितहुनेछौं ।’

एसियन गेम्सको समीक्षा गर्दै प्रशिक्षक महर्जनले पहिलो दुई खेल सोचेजस्तो भएपनि पाकिस्तानसँगको खेल सोचेजस्तो नभएको प्रतिक्रिया दिए । ‘एसियन गेम्सलाई पाठको रुपमा लिएका छौं । जापान र भियतनामसँग राम्रो मार्जिन राखेर कम गोल खाएपनि पाकिस्तानविरुद्ध हामी अग्रता लिएर पनि सेट पिसमा गोल खादै हार्न पुग्यौं । झन्डै दुईवर्ष पछि फुटबलमा फर्किएको पाकिस्तानलाई नियाल्ने मौका पाएको छौं । साफमा पहिलो खेल नै पाकिस्तानसँग रहेकाले त्यही योजना अनुरुप प्रशिक्षण गर्नेछौं ’ प्रशिक्षक महर्जनले भने ।

यस्तै प्रशिक्षक महर्जनले इन्जर र सिनियर खेलाडीहरु टिममा समावेश हुने भएका कारण साफको लागि एसियन गेम्सको भन्दा राम्रो टिम बन्ने बताए । ‘यू–२३ का सबै खेलाडी सिनियर राष्ट्रिय टिममा रहेका छन् । तर, एसियन गेम्स मा केही सिनियर खेलाडी छुटेका थिए । साफका लागि ४ देखि ५ सिनियर खेलाडीले टिममा स्थान बनाउनेछ । उनीहरु टिमको लागि पनि आवश्यक छ ’ महर्जनले भने, ‘मुख्य प्रशिक्षक ग्योतोकु कोजीसँग करिव तीन महिनाअघिबाट सहायकको रुपमा काम गरेका कारण छोटो अवधिको प्रशिक्षणबाट सकरात्मक नतिजाको अपेक्षा राखेको छु ।’

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.