default_image

6 years ago

August 22, 2018

‘मोउरिन्होको ठाँउमा जिदान उत्कृष्ट विकल्प’

22 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)- पूर्व रेड डेविल्स स्टार ली सार्पले फ्रान्सेली प्रशिक्षक जिनादिन जिदानलाई म्यानचेस्टर युनाइटेडमा नियुक्त गर्नु राम्रो भएको बताएका छन् । जोसे मोउरिन्होको परिक्षा सकिसकेको र युनाइटेडका लागि जिदान एक आदर्श उम्मेदवार भएको उनले बताएका हुन् ।

पूर्व रियल मड्रिड प्रशिक्षक जिदान यसै सिजन ओल्ड ट्राफोर्ड आउन सक्ने हल्ला चल्दै आएको छ । यो परिवर्तन छिट्टै हुन सक्ने अनुमान गरिएको छ । जसमा बेडरुम देखी खेल मैदान सम्म विभाजन भएइरहेको छ । सार्पले पोर्चुगलका मोउरिन्हो क्रिसमस भन्दा पहिले नै निलम्बित हुन सक्ने बताएका थिए । मोउरिन्हो माथि निर्देशनको कमी भएको आरोप लागिरहेको छ ।

मोउरिन्होले खेल हुनु भन्दा पहिले खेलाडीलाई राम्रो प्रशिक्षण नदिएको र खाली प्रतिस्पर्धाका लागि खेलाडी मात्र छनोट गरिरहेको आरोप लागेको छ । एक उत्कृष्ट कोच जस्तै नभएर मोउरिन्हो फेरी परिक्षणकालमा छन् । सार्पले भने , ‘क्लबमा आएर पनि उनी कहिले खुसी भएनन् । यस्तो लाग्छ की युनाइटेडमा कुनै योजना नै छैन् ।’ उनले थपे, ‘कसैलाई थाहा छैन उनी के गर्न चाहन्छन् र कहाँ जान चाहन्छन् ।’

गत सिजनको अन्त्यमा रियलबाट बाहिरिएका जिदानले रियउललाई तीन च्याम्पियन्स लिग र एक ला लिगा उपाधि जिताएका थिए । हाल जिदान कुनै क्लबमा आबद्ध छैनन् ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.