default_image

6 years ago

August 22, 2018

‘रोनाल्डोले एक्लै लिग जिताउन सक्दैनन्’

21 views

0 Bookmark

टुरीन (एजेन्सी) – नेपोलीका मिडफिल्डर एलानले क्रिस्टियानो रोनाल्डोको आगमनले मात्र युभेन्टसले लिग जित्न नसक्ने बताएका छन् । ३२ वर्षीय स्ट्राइकर रोनाल्डोले शनिबार किएभीविरुद्धको खेलबाट सिरी ए मा डेब्यु गरे । उनी जुलाईमा रियल म्याड्रिडबाट ११२ मिलियन युरोमा इटालियन क्लब पुगेका थिए ।

रोनाल्डोले आफ्नो डेब्यु खेलमा गोल गर्न नसकेपनि उनकै कारणले टेलिभिजनमा खेल हेर्ने दर्शकको संख्या धेरै बढेको थियो।  लाजियोविरुद्ध २-१ को जित दर्ता गरेको नेपोलीका खेलाडी एलानले भने रोनाल्डोको आगमनले लिगमा प्रतिस्पर्धा बढेको बताएका छन् ।यद्यपी एक्लो प्रयासमा सिरी ए जित्न नसकिने उनको बुझाई छ ।

उनले भने, “इटालीमा उनको आगमनले हामीलाई अझ धेरै राम्रो गर्ने उर्जा दिएको छ किनभने यो एउटा प्रतिस्पर्धा हो । जुन खेलाडीले यति धेरै पटक उत्कृष्ट बनेको अवार्ड पाएका छन् उनी इटाली आउनु हाम्रो फुटबलका लागि राम्रो पक्ष हो । यसले यो कुराको देखाउँछ कि क्लबहरु ट्रफी जित्न आतुर छन् ।”

एलानले थपे, ” रोनाल्डोको आगमनले जुभेन्टस अझ बलियो बनेको छ तर उनले एक्लै क्लबलाई च्याम्पियन बनाउन सक्दैनन् । हामी आफुमा विश्वास गर्छौं र हरसम्भब सबै प्रयास गर्ने छौं युभेन्टसविरुद्ध जित निकाल्न ।”

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.