default_image

6 years ago

August 25, 2018

लाजियोविरुद्ध रोनाल्डो विङ्ग्समा खेल्दै

22 views

0 Bookmark

टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार युभेन्ट्स घरेलु मैदानमा सिजनको पहिलो खेल खेल्दैछ । लाजियोविरुद्धको खेलका लागि पहिलो रोजाइको घोषणा पनि भइसकेको छ ।

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यस खेलका लागि लेफ्ट विङ्ग्समा खेल्ने भएका छन् । पछिल्लो खेल मुख्य फरवार्डको रुपमा खेलेका उनले गोल गर्न सकेका थिएनन् । आज उनलाई मुख्य फरवार्डका रुपमा मारियो मान्जुकीचले साथ् दिंदैछन् । क्रोएसियाका फरवार्ड मान्जुकीचले विश्वकपमा राम्रो प्रदर्शन गरेका थिए ।

लाजियोविरुद्ध राइट विङ्ग्समा भने फेडेरिको बर्नार्डेसकीले खेल्नेछन् । किएभोविरुद्ध लिगको पहिलो खेलमा उनकै अन्तिम मिनेटको गोलमा युभेन्ट्स विजयी भएको थियो । मिडफिल्डमा मिरालेम प्यानिच, ब्लेस माटुइडी र सामी खेडिरा खेल्नेछन् । खेडिरा र रोनाल्डोले यसअघि रियल म्याड्रिडमा पनि खेलिसकेका छन् ।

डिफेन्समा पोर्चुगलकै जोआओ क्यान्सेलो, एलेक्स स्यान्ड्रो, जिओर्जिओ किएलिनि र लिओनार्डो बोनुची छन् । गोलरक्षकमा वोजचिएक सेचेज्नी खेल्दैछन् । खेल नेपाली समयानुसार रातको ९:४५ मा सुरु हुनेछ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.