default_image

6 years ago

August 26, 2018

अमेरिकी फुटबलमा जोसेफको नयाँ रेकर्ड

15 views

0 Bookmark

ओर्लान्डो (एजेन्सी) – एट्लेन्टा युनाइटेडका स्ट्राइकर जोसेफ मार्टिनेजले मेजर लिग स्कोर (एमएलएस)मा नयाँ रेकर्ड बनाएका छन् । उनले एमएलएसको इतिहासमा एक सिजनमा सर्वाधिक २८ गोल गर्दै रेकर्ड बनाएका हुन् ।

ओर्लान्डो सिटीविरुद्धको जितमा उनले एमएलएसको इतिहासमा एक सिजनमा २८ गोल गर्ने खेलाडी बनेका हुन् । यसअघि अमेरिकाका रोय लेसिटर र क्रिस वोन्डोलोस्की तथा इंग्लयान्डका ब्राड्ली राइट फिलिप्सले २७ गोल गरेका थिए । युनाइटेडले सिटीलाई २–१ ले पराजित गर्दै लिग तालिकाको शीर्षस्थानमा उक्लेको छ ।

सिटीसँगको खेलमा एक गोल गरेका २५ बर्षीय जोसेफले यो आफ्नो लागि राहतको विषय भएको बताएका छन् । ‘जब म बन्द कोठामा गए अरु यसका बारेमा मजाक गर्दै थिए । तर, अब म उनीहरलाई मजाक बनाउन सक्छु,’ उनले भने । स्ट्राइकरसँग आफ्नो रेकर्डमा सुधार गर्ने अझै मौका रहेको छ । उनीसँग अझै सिजनका आठ खेल बाँकी छन् । एटलान्टाबाट लिगका ४६ खेल खेल्दा उनले ४७ गोल गरि सकेका छन् ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.