default_image

6 years ago

August 26, 2018

मेस्सीको जर्सी जलाउन निर्देशन दिँदा फिफाद्वारा निलम्बन

23 views

0 Bookmark

ज्युरीच (एजेन्सी) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्यालेस्टाइनी फुटबल एसोसियसनका अध्यक्ष जिब्रिल रजोउबलाई निलम्बन गरेको छ । समर्थकहरुलाई लियोनल मेस्सीको जर्सी र पोस्टर जलाउन आग्रह गरेपछि उनलाई फिफाले एक बर्षको निलम्बन गरेको हो ।

फिफाको यस निर्णयसँगै रजोउब कुनै पनि क्षमतामा खेलमा सहभागी हुन पाउने छैनन् । अर्जेन्टिना र इजरायलबीचको मैत्रिपूर्ण खेल पहिले दिएको उनको यस्तो अभ्वियक्तिले घृणा र हिसांलाई उकासेको भन्दै फिफाले १५ हजार ८२६ पाउण्डको जरिवना समेत तोकेको छ । यो मैत्रिपूर्ण खेल जुनमा जेरुसलममा हुने भनिए पनि पछि रद्द भएको थियो ।

अर्जेन्टिनाका विदेश मन्त्री जोर्गे फउरीएका अनुसार जुनमा अर्जेन्टिनाका खेलाडी इजरायलसँग मैत्रिपुर्ण खेल खेल्न तयार थिएनन् । खेल रद्द भएपछि प्यालेस्टाइनी एफएले मेस्सी र उनका सहकर्मीलाई धन्याबाद दिन ज्ञापन पत्र नै जारी गर्यो । तर, रजोउबले एक पत्रकार सम्मेलनमा भने, ‘ जे भयो, त्यसले विश्वका अन्य देश इजरायलसँग खुसी छैन भन्ने प्रष्ट पारेको छ ।’ उनले इजरायलले खेललाई  ‘राजनितिक हतियार’ को रुपमा प्रयोग गरेको आरोप लगाएका थिए ।

इजरायलले भने रजोउबको यस्तो प्रतिक्रियाले सबै सिमा तोडेको आरोप लगाएको छ । इजरायलले रजोउब र प्यालेस्टाइनी एफएलाई जवाफदेहि बनाउन फिफा लगायत सम्पूर्ण शक्ती प्रयोग गर्ने बताएको छ ।

यता प्यालेस्टाइनले भने फिफाको यो कारवाहीलाई गम्भीर रुपमा लिएको छ । बिना कुनै सबुत प्रमाण यस्तो कारवाही आश्चर्यजनक रहेको फुटबल संघको बुझाई छ । संघले छिट्टै कानुनी रुपमा यसको विरुद्ध आवाज उठाउने प्रष्ट पारेको छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.