default_image

6 years ago

August 26, 2018

युभेन्ट्सको लगातार दोस्रो जित

24 views

0 Bookmark

टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले लाजियोलाई २-० ले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा १-१ गोल सम्भव भएको थियो ।

खेलको ३० औं मिनेटमा मिडफिल्डर मिरालेम प्यानिचले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल फरवार्ड मारियो मान्जुकीचले ७५ औं मिनेटमा गरे । पछिल्ला केहि सिजनदेखि लिग उपाधिमा कब्जा जमाउँदै आइरहेको युभेन्ट्स यसपटक झनै बलियो रुपमा प्रस्तुत भएको छ । टोलीका लागि घरेलु मैदानमा पहिलो औपचारिक खेल खेलिरहेका फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।

लिगमा दुई खेल जित्दै राम्रो सुरुआत गरेको युभेन्ट्सले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई १ सय मिलियन युरो खर्चेर क्लबमा ल्याएको छ । घरेलु प्रतियोगितामा लगातार दबाब बनाइरहेको युभेन्ट्सले च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य राखेको छ । लिग फुटबलमा पनि एकाग्र प्रदर्शन गर्न खेलाडीलाई दबा रहनेछ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.