default_image

7 years ago

September 1, 2018

अर्को सिजन नेयमार रियलमा हुनेछन् – मेसी

132 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका स्टार लिओनेल मेसीले ब्राजिलियन फरवार्ड नेयमार अर्को सिजन रियल म्याड्रिड आउने खुलासा गरेका छन् । यसै सिजन युभेन्ट्स पुगेका क्रिस्टियानो रोनाल्डोको स्थानमा नेयमार म्याड्रिड आउने उनले बताएका हुन् ।

स्पेनिस पेपर डन ब्यालोनका अनुसार मेसीले बार्सिलोनाका पूर्व खेलाडी नेयमार रोनाल्डोको प्रतिस्थापनका रुपमा अनुबन्धित हुने बताएका छन् । रियलले यसै सिजन ब्राजिलियन फरवार्ड नेयमारलाई अनुबन्ध गर्न तयार रहेपनि पीएसजीले प्रस्ताव नकारेको खुलेको छ । रियल नेयमारका लागि ३ सय मिलियन युरो रेकर्ड रकम तिर्न तयार रहेको समेत जनाईएको थियो ।

रियल नेयमार भित्र्याउने बारेमा मेसीको यो भनाई एक शंका मात्र हुन सक्छ । तर व्यक्तिगत रुपमा नजिक रहेका नेयमार र मेसी राम्रो साथी रहेकाले यो सत्य हुने सम्भावना छ । रोनाल्डो यसै सिजन १ सय मिलियन युरोमा युभेन्ट्स पुगेका थिए । जुन अनुबन्ध विश्वकै चौथौ महँगो अनुबन्ध हो । रियलले पनि अर्को सिजन मुख्य खेलाडीको रुपमा नेयमारलाई भित्र्याउने लक्ष्य राखेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.