default_image

7 years ago

September 2, 2018

विश्व फुटबलका ४ उत्कृष्ट आक्रामक जोडीहरु

133 views

0 Bookmark

फुटबल टोलीमा डिफेन्स भन्दा आक्रमणकै बढी चर्चा रहने गर्छ । कुनैपनि टोलीले सफलता हासिल गर्न खेलमा गोल गर्ने पक्षलाई बढी प्राथमिकतामा राख्ने गर्छन् । सामान्यतया डिफेन्स भन्दा आक्रमणकै खेलाडी महंगा हुन्छन् र दबाब पनि उत्तिकै हुन्छ । त्यस दबाबमा खरो उत्रिएर राम्रो प्रदर्शन गर्न सक्ने खेलाडी नै समर्थकमाझ चर्चित हुन्छन् ।

आक्रमणमा कुनै एक खेलाडीले मात्र क्लबको लागि सबै जिम्मेवारी सम्हाल्न सक्दैन । कुनैपनि टोलीको आक्रमण सफल हुने दुई वा त्योभन्दा बढी खेलाडीको मिलेर बनेको आक्रमण जोडी महत्त्वपूर्ण हुन्छ । पछिल्ला केहि सिजनयता निकै प्रख्यात रहेको बेल, बेन्जेमा र क्रिस्टियानो रोनाल्डो को जोडी (बिबिसी) यसपटक भने टुटीसकेको छ। त्यसपश्चात भने युरोपमा सबल अट्याक क्षमता भएका टोलीमा हेरफेर भएको छ।

युरोपका केहि क्लब जसको आक्रामक जोडी निकै प्रख्यात छ :

१) पेरिस सेन्ट जर्मन

पेरिस सेन्ट जर्मनको अट्याक धेरै मजबुत मानिन्छ। नेयमार, काभानी र विश्वकप विजेता एम्बाप्पेको तिकड़ीलाइ रोक्न विपक्षिलाई धेरै गाह्रो हुन सक्छ ।  पछिल्लो समय इब्राभिमोभिचको छायाँमा परेका काभानीले आफुलाई नम्बर ९ खेलाडीको रुपमा चर्चित बनाइस्केका छन् । फ्रेन्च लिगमा यो टोलीलाई टक्कर दिन सक्ने अरु टोलीको क्षमता कमै भएपनि पिएसजीको परिक्षा भने च्याम्पियन्स लिगमा हुनेछ ।

२) लिभरपुल

Salah Liverpool

मोहम्मद सलाह, रोबर्टो फिर्मिनो र साडियो मानेको अग्रपंक्तिमा रहेको लिभरपुल आक्रामक पक्षमा मजबुत देखिएको अर्को एक टोली हो । आफ्नो पक्षमा रहेको बललाई तुरुन्त अगाडी बढाएर गोल गर्न सक्नु लिभरपुलको खास क्षमता हो । विङ्गसबाट सलाह र मानेको सहयोगमा फिर्मिनोको फिनिशले लिभरपुललाई अझ सशक्त बनाएको छ । यस सिजन क्लबले आफ्नो अग्रपंक्ति सुधार्न शकिरीलाई समेत टोलीमा लिएको छ ।

३) बार्सिलोना

लियोनल मेस्सी, फिलिप्पे कौटिन्हो र लुईस स्वारेजको मिश्रणले बार्सिलोनालाई खतरनाक टोली बनाएको छ । प्रशोधन गरिएको मदिरा जस्तै मेस्सी र स्वारेज हरेक सिजन अझ निखारींदै गएका छन् । यस्तै ब्राजिलका कोउटिन्हो पनि क्लबमा आएसँगै प्रदर्शन सुधार्दै गएका छन् । उनी लामो दुरीबाट गोल हान्न माहिर छन् । ओस्माने डेम्बेले र आर्टुरो भिडालको सहयोगले टोलीलाई अझ मजबुत बनाउने छ ।

४) म्यानचेस्टर सिटि

अन्य क्लबमा नपाइने आक्रामक गहिराइ पेप गवार्डीओलाको सिटिमा पाउन सकिन्छ । सर्जियो अग्युरो, ग्याब्रियल जेसस, केभिन डी ब्रुएन, डेभिड सिल्भा, रहिम स्टरलिङजस्ता ठूला नामहरु यस टोलीमा समावेश छन् । चोटका कारण नियमित खेलाडी बाहिर रहँदा भने कुनै समय समस्या उत्पन्न हुन् सक्छ । यसका लागि लेरोय साने, बर्नार्डो सिल्भा, रियाद माहरेज जस्ता खेलाडीको उपस्थितिले समस्या सुल्झाउने सम्भावना बढ्दो छ ।

सम्मानजनक उल्लेखहरु :

रियल म्याड्रिड : रोनाल्डोको अभाव खड्किन सक्ने टोलीले बेलमाथी धेरै बोझ थोपरेको छ । यद्यपी टोलीमा बेन्जेमा, इस्को, मोड्रीच जस्ता खेलाडीभने रहेका छन् । यो सिजन भाज्केज र एसेन्सियो पनि अगाडी आउनुपर्छ ।

एटलेटिको म्याड्रिड : विश्वकप विजयी एन्टोनियो ग्रिज्मेनको टोलि म्याड्रिडमा उनीसंगै थोमस लेमर, एन्जेल कोर्र्याको उपस्थिति रहेको छ । डिएगो कोस्टा, कोके र साउलले पनि आक्रमणमा साथ दिनेछन् ।

बायर्न म्युनिख : गोल मेसिन रोबर्ट लेवान्डोस्कीसँगै थोमस मुलर, आर्जेन रोबेन, फ्रान्क रिबेरीको टोलि म्युनिख समेत सशक्त छ । यस टोलीमा हामेस रोड्रीग्वेज, थियागोको उपस्थितिले अझै सन्तुलन बढेको छ ।

युभेन्ट्स : इटालियन क्लब युभेन्ट्स पनि रोनाल्डो पुगेसँगै केहि बलियो देखिएको छ । आक्रमणमा रोनाल्डो, पाउलो डिबाला र मारियो मान्जुकीचको जोडी जम्ने देखिन्छ । उनीहरुलाई डग्लस कोस्टा, क्वाड्राडो, बर्नार्डेसकी लगायत खेलाडीले साथ् दिनेछन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.