default_image

7 years ago

September 1, 2018

रियल र बार्सा यस सिजनको च्याम्पियन्स लिग दाबेदार

136 views

0 Bookmark

रियो (एजेन्सी)- स्पेनीस क्लब रियल मड्रिड र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको उपाधि जित्ने दाबेदार रहेको पूर्व ब्राजिलियन स्टार खेलाडी रोनाल्डोले बताएका छन् । तर, दुवै  क्लब अग्रस्थानमा रहे पनि च्याम्पियन्स लिगमा इंग्लिस क्लबहरु केहि बाधक रहने समेत उनको बुझाई  छ ।

च्याम्पियन्स लिगका लागि अरु क्लबहरु भन्दा रियल र बार्सिलोना राम्रो रहेको ग्लोबल एम्बासडर फर कम्पिटिटीभ् स्पोनसर सनटेनडरसँग रोनाल्डोले आफ्नो भनाई राखेका हुन् । बिहीबार सार्बजनिक गरिएको युरोपली च्याम्पियन्स लिग ड्र मा बार्सिलोनासँग समूह बिमा टोटेनहम, पिएसभी र इन्टर मिलान रहेका छन् । त्यस्तै सविकको विजेता रियल म्याड्रिडसम्मिलत समूह ‘जी’मा रोमा, सिएसकेए मस्को र भिक्टोरिया प्लेजन रहेका छन् ।

रियल म्याड्रिड गत सिजनको फाइन खेलमा लिभरपुललाई पराजित गर्दै च्याम्पियन्स लिगमा चार पटकको विजेता बनेको थियो । तर, यो सिजन यि दुबै टोलीका लागि इंग्लिस प्रिमियर लिग क्लबहरु बाधक रह्न सक्ने रोनाल्डोको भनाइ छ । इंग्लिस क्लबहरु राम्रो हुनुका साथै आर्थिक हिसाबले पनि बलियो छन् । त्यसकारण क्लबमा राम्रा खेलाडीहरु भित्र्याएर च्याम्पियन्स लिगमा स्पेनिस क्लवहरुलाई चकित पार्न सक्ने रोनाल्डोले बताएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.