7 years ago
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपमा चुनौति पेश गर्न नेपाली फुटबल टोली आइतबार बंगलादेश यात्रामा निस्कदैछ । दक्षिण एसियाली राष्ट्रबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगितामा यसपटक नेपालको प्रदर्शन कस्तो रहला समर्थकहरुको चासो रहेको छ ।

प्रतियोगिता सुरु हुन अब तीन दिन मात्र बाँकी छ । बुधबार पाकिस्तानसँग खेल्दै नेपालले यात्रा प्रारम्भ गरेका छ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालको यसपटको पहिलो लक्ष्य नकआउट चरण प्रवेश नै रहेको छ । पाकिस्तानपछि भुटान र बंगलादेशसँगको नतिजा पनि नेपालको अघिल्लो चरणे यात्राको समिकरण थाहा हुनेछ ।
नेपाल टोलीले इन्डोनेसियामा जारी एसियाली खेलकुद र साफ च्याम्पियनसिपको लागि तीन महिना अघिबाटै प्रशिक्षण सुरु गरेको थियो । यू–२३ टोली एसियाडमा तीन खेल गुमाएर फर्के लगत्तै प्रशिक्षणलाई निरन्तरता दिएका छन् । टिमलाई कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन सहायक प्रशिक्षक किरण श्रेष्ठ र नवीन महर्जनले प्रशिक्षण दिइरहेका छन् ।
सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । त्यसयता यो प्रतियोगिता साफ गोल्डकप, साफ कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ । साफमा नेपालको इतिहास सन्तोषजक छैन । सेमिफाइनल भन्दा अघि बढ्न नसकेको नेपालले पटक पटक समूह चरणबाटै निराश भएर फर्कन परेको थियो ।
पाँचौ साफ गोल्डकप : नेपाल समूह चरणबाट बाहिर
पाँचौ संस्करणको साफ गोल्डकप दुई वर्ष ढिला गरी बंगलादेशमा सन् २००३ को जनवरी १० देखि २० जनवरीसम्म आयोजना भयो । हरेक दुई वर्षमा आयोजना हुने तालिका अनुसार २००१ मा पाँचौ संस्करण आयोजना हुनुपर्ने थियो । यही संस्करणबाट साफ गोल्डकपमा ८ राष्ट्रको सहभागिता रह्यो । अफगानिस्तान र भुटानले साफ गोल्डकपमा पहिलोपटक सहभागिता जनाए ।
पाँचौ संस्करणमा पनि नेपालको प्रदर्शन सन्तोषजनक रहेन । समूह ‘बी’ रहेको नेपाल दुई हार र एकजितसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताको समूह चरणबाट बाहिरियो । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग १–० ले निराश बन्यो । दोस्रो खेलमा भुटानलाई २–० ले पराजित गर्दै नेपालले अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको थियो ।
यो खेलमा निराजन रायमाझी र कुमार थापाले गोल गरेका थिए । समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँगको खेलमा अग्रता लिएर पनि जोगाउन नसक्दा नेपाल ३–२ ले पराजित हुदै समूह चरण पार गर्न सकेन । ५६औं मिनेटमा निराजन रायमाझीको गोलबाट नेपालले खेलमा अग्रता बनाएको थियो । तर, नेपालले त्यो अग्रता बचाउन सकेन । नेपालले ६३, ७५ र ८५औं मिनेटमा गोल खाएपछि खेलमा ३–१ ले पछि परेको थियो । ९०औैं मिनेटमा देवनारयाण चौधरी पेनाल्टीमा गोल गरेपनि खेलमा फर्कन निकै ढिला भैसकेको थियो ।
यो संस्करणमा आयोजक बंगलादेश नै च्याम्पियन बन्न सफल भयो । समुह चरणमा १–० को कठिन जित निकालेको बंगलादेशले फाइनलमा माल्दिभ्सलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै पहिलोपटक साफ गोल्डकप च्याम्पियन बन्न सफल भयो । दुवै टिमले निर्धारित र थप गरिएको समयमा १–१ गोलको बराबरी खेलेको थियो ।
छैटौ साफ गोल्डकप : नेपाल लगातार समूह चरणबाट बाहिर
छैटौ साफको आयोजना फेरि पाकिस्तानमा फर्कियो । यसअघि पाकिस्तानले पहिलो साफ गोल्डकप आयोजना गरेको थियो । गोल्डकप पाकिस्तानमा २००५ डिसेम्बर ७ देखि १७ सम्म आयोजना भयो । दक्षिण एसियामा आफुलाई फुटबलको शक्तिशाली राष्ट्रको रुपमा उभ्याएको भारत यो संस्करणको च्याम्पियन बन्न सफल भयो । साफ गोल्डकपमा भारत चौथोपटक च्याम्पियन बन्न सफल भयो ।
समूह चरणमा १–१ गोलको बराबरी खेलेपनि फाइनलमा भारत २–० को जित निकाल्न सफल भयो । यो संस्करणमा माल्दिभ्सका इभ्राहिम फाजिल, अलि अस्फाक र अहमेद थारिक समान ३ गोलसहित संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बने । यो संस्करणमा पनि नेपालले समूह चरण पार गर्न सकेन ।
समूह ‘बी’ रहेको नेपालले समुह चरणमा भुटानलाई पराजित गर्नुबाहेक बंगलादेश र भारतसँग पराजित हुदै समूह चरण पार गर्न सकेन । नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले तथा दोस्रो खेलमा भारतसँग २–१ ले पराजित भयो । भारतविरुद्धको खेलमा बसन्त थापाले गोल गरेका थिए । समुह चरणको अन्तिम खेलमा भुटानमाथि ३–१ को जित निकाल्दा सुरेन्द्र तामाङ, बसन्त थापा र विजय गुरुङले गोल गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]