7 years ago
September 1, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक थोमस टुचेलले विश्व कप विजेता फ्रान्स र पिएसजीका फरवार्ड केलियन एमबाप्पे अनुपम र अविश्वसनिय क्षमतावान खेलाडी भएको बताएका छन् । एमबाप्पलेले यो सिजन लिगका २ खेलमा ३ गोल गरिसकेका छन् ।
रसिया विश्व कपमा फ्रान्सलाई विश्व कप जिताउन महत्वपूर्ण योगदान गने मध्येका एक एमबाप्पे विश्व कपको युवा खेलाडी घोषित भएका थिए । गत सिजन सबै प्रतिस्पर्धामा गरेर २१ गोल गरेका एमबाप्पेले यो सिजनमा पनि त्यसलाई निरन्तरता दिने संकेत गरिसकेका छन् ।
एमबाप्पले अविश्वनसिय क्षमता भएको खेलाडी मात्र होइनन्, सकारात्मक व्यक्ति पनि हुन् । मैले उनलाई बुझ्न थालेको केहि साता मात्र भयो, बरुसिया डर्टमन्डका पूर्व प्रशिक्षक टुचेलले भने, म भन्न सक्छु उनी गोल गर्न र खेल जित्नका भोका छन् । प्रशिक्षणमा पनि उनी निकै प्रतिस्पर्धात्मक छन् । उनको खेल कौशलले अन्य खेलाडीको पनि मनोबल बढाउछ र खेलमा सुधार गर्न मद्दत मिल्छ ।
एमबाप्पेको बारेमा वर्णन गर्न सहज नहुने टुचेलले बताए । केहि चिज यस्तो छ जसले उनलाई अनुपम बनाएको छ । यो खुसीको कुरा हो उनी हाम्रो टिमबाट खेल्छन्, उनले थपे, मलाई उनका छविसँग खासै आपत्ति पर्दैन । उनी एउटा त्यस्ता युवा हुन्, जसको अनुहारमा मुस्कान रहन्छन् । उनी हाम्रो टोलीका महत्वपूर्ण अंग हुन् । फ्रान्सका हरेक रंगशालमा उनलाई समर्थकले स्वागत गर्छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]