default_image

7 years ago

September 1, 2018

बंगबन्धु गोल्ड कपमा नेपाल समूह ‘ए’मा

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दुई महिनामा दुई ठूला प्रतियोगिता खेल्ने भएको छ । बुधबार देखि सुरु हुने साफ च्याम्पियनसिप पछि नेपाली टोलीले बंगबन्धु गोल्ड कपको उपाधि रक्षाका लागि खेल्नेछ ।

बंगलादेशमा अर्को महिना आयोजना हुने बंगबन्धु गोल्डकपमा नेपाल समूह एमा परेको छ । बंगलादेश फुटबल संघले शनिबार ६ टोलीको सहभागिता रहने प्रतियोगिताको ड्र गर्दा साविक विजेता समेत रहेको नेपाल समूह एमा परेको हो ।

नेपालको समूहमा प्यालेस्टाइन र ताजकिस्तान रहेका छन् । असोज १५ देखि बंगलादेशको ढाकामा सुरु हुने प्रतियोगिताको समूह बी आयोजक बंगलादेश, फिलिपिन्स र लाओस रहेका छन् । सन् २०१६ मा भएको पछिल्लो संस्करणमा बहराइनलाई ३–० ले हराउँदै नेपालले उपाधि जितेको थियो । फाइनलमा नवयुग श्रेष्ठ, विमल घर्तीमगर र विशाल राईले गोल गरेका थिए ।

१९९३ मा दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेपछि को त्यो सबै भन्दा ठूलो उपलब्धी थियो । साफमा स्वर्ण पदक जित्दा टोलीको सदस्य रहेका बालगोपाल महर्जन बंगबन्धु जित्दाका प्रशिक्षक थिए । बंगलादेशमै बुधबारदेखि साफ च्याम्पियनसिप सुरु हुँदैछ । त्यसका लागि नेपाली टोली आइतबार बंगलादेश यात्रामा निस्कदैछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.