7 years ago
September 1, 2018
म्याड्रिड (एजेन्सी) – पोर्चुगल एवं युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो यस वर्ष यूईएफए वर्षको सर्वोत्कृष्ट खेलाडी अवार्डबाट बन्चित रहे । उक्त अवार्ड बिहीबार मोनाकोमा आयोजित समरोहमा क्रोएसियाका कप्तान एवं रोनाल्डोकै पूर्व सहकर्मी लुका मोड्रिचले जिते ।

त्यसै समारोहमा रोनाल्डोले भने वर्षको उत्कृष्ट फरवार्डको उपाधि उचाल्न सफल रहे । यूईएफए अवार्डमा पछाडी परेका अकारण यस वर्ष ब्यालोन डि ओर उपाधि जित्ने रोनाल्डोको सम्भावना कम छ । रोनाल्डोलाई यूईएफए अवार्डमा २२३ मत मिलेको थियो । जुन संख्या मोड्रिचभन्दा ९० मत कम हो ।
रोनाल्डोको एजेन्ट जोर्गे मेन्डेसले बिहीबार सार्वजनिक भएको युईएफएको समारोहमा मुख्य पुरस्कार विजेता मोड्रिचलाई लक्षित गर्दै जोडदार प्रतिक्रिया दिएका छन् । ‘यो सब हाँस्यास्पद र लाजमर्दो हो । यसमा कुनै दोधार छैन की विजेता रोनाल्डो बाहेक अन्य बन्नलायक थिएनन् ’, मेन्डेसले पोर्चुगल संचार माध्यमसँग कुरा गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
रोनाल्डोकी बहिनीले पनि यस बारे चिन्तीत प्रतिक्रिया दिएकी छन् । कटिया एभेइरोले पछिल्लो सिजनको रोनाल्डो र मोड्रिचको तथ्याङकलाई तुलना गर्दै इन्स्टाग्राममा एक पोस्ट सार्वजनिक गरेकी हुन् । उनको यो पोस्टले मोड्रीच जितको हकदार नभएको संकेत दिएको थियो । रोनाल्डो असन्तुष्ट रहेका कारण मोनाकोमा आयोजित समारोहमा उपस्थित थिएनन् ।
३३ बर्षीय रोनाल्डो आफू मुख्य पुरस्कार नजित्ने पहिले नै जानकार भएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैले रोनाल्डोले आफ्नो उपस्थिती जरुरी ठानेनन् । तर, यो समर्थकको लागि भने निराशा जगाउने खबर बनेको छ । रोनाल्डोका पूर्व सहकर्मी मोड्रीच र सर्जियो रामोसले भने रोनाल्डो समारोहमा उपस्थित भएको भए राम्रो हुने बताएका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]