default_image

7 years ago

September 1, 2018

लेस्टरमाथि लिभरपुलको जित

94 views

0 Bookmark

लन्डन (एजेन्सी)– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । प्रिमियर लिग अन्र्तगत शनिबार भएको खेलमा लिभरपुलले घरेलु टोली लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो ।

किङ्स पावर स्टेडियममा भएको खेलमा लिभरपुलको जितमा साडियो माने र रोबर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका लागि राचिड गेजालले एक गोल फर्काए । खेलको १०औं मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा रोबर्टो फिर्मिन्होले गोल गरेपछि लिभरपुल २–० ले अघि बढेको थियो ।

६३औं मिनेटमा राचिड गेजालले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि थप गोल गर्न नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो । लेस्टरमाथिको जितसँगै लिभरपुलले चार खेलबाट १२ अंक जोडेको छ । लिभरपुलसँग पारजित लेस्टर सिटी ६ अंकसहति आठौं स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.