7 years ago
September 1, 2018
लन्डन (एजेन्सी) – नवनियुक्त प्रशिक्षक मौरिजियो सार्रीको प्रशिक्षणमा रहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित निकालेको छ । प्रिमियर लिग अन्र्तगत शनिबार भएको खेलमा चेल्सीले एफसी बोर्नामाउथमाथि २–० ले विजयी हुदै लगातार चौथो जित निकालेको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र इडेन हाजार्डले गोल गरे । यो सिजन उच्च प्रदर्शन गरिरहेको चेल्सीले गोलको लागि ७२औं मिनेट कुर्नुपरेको थियो । ७२औं मिनेटमा ओलिभर जिरुको पासमा पेड्रोले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
८५औं मिनेटमा इडेन हाजार्डले गोल गरेपछि चेल्सीलाई २–० को जित दिलाए । हाजार्डले मार्कोस एलन्सोको पासमा गोल गरेका थिए । केही अवसरलाई चेल्सीले खेर फालेको थियो । चेल्सीले यसअघि हडर्सफिल्ड टाउनमाथि ३–०, आर्सनलमाथि ३–२ र न्यु क्यास्टलमाथि २–१ को जित निकालेको थियो ।
जितसँगै चेल्सीले शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक बराबरी गरेको छ । चार खेलबाट समान १२ अंक भएपनि चेल्सी गोलअन्तरमा दोस्रो स्थानमा छ । लिभरपुलले आजै लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै लगातार चौथो जित दर्ता गर्न सफल भएको थियो । चेल्सीसँग पराजित बोर्नामाउथ पहिलो हारसहित ७ अंक बटुलेर छैटौ स्थानमा रहेको छ । एक खेल भने बराबरीमा सकिएको थियो ।
प्रिमियर लिगका अन्य खेलको नतिजाहरु
लेस्टर सिटीविरुद्ध लिभरपुल (१–२)
ब्राइटन एन्ड होभ अल्वियोनविरुद्ध फुलहम (२–२)
क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्पटन (०–२)
एभर्टनविरुद्ध हडर्सफिल्ड टाउन (१–१)
वेस्टह्यामविरुद्ध वल्भरह्याप्टन (०–१)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]