7 years ago
September 1, 2018
निम्स (एजेन्सी) –फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिग वान अन्तर्गत शनिबार इन्जुरी समयमा तनावपूर्ण बनेको खेलमा पीएसजीले निम्समाथि उसकै मैदानमा ४–२ को जित निकाल्दै लिगमा अपराजित यात्रा कायम राखेको हो ।

पीएसजीको जितमा नेयमार जुनियर, एन्जल डि मारिया, केलियन एमबाप्पे र एडिन्सन काभनीले गोल गरे । पराजित टिमका लागि एन्टोनिन बोबिचन र तेजी साभानिरले गोल गरे । दुवै टिमका खेलाडीले इन्जुरी समयमा रातो कार्ड पाएका थिए । पीएसजीका एमबाप्पेले सामान्य फलमा अनावश्यक नाटक गरेको भन्दै रेफ्रीले दोहोरो कार्ड देखाएर मैदान बाहिर पठाएको थियो । लगत्तै रेफ्रीले साभिनिरलाई पनि रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।
उपाधिका दावेदार पीएसजीले खेलको ३६औं मिनेटमा नेयमारको गोलबाट अग्रता बनाएको थियो । थोमस म्युनियरको पासमा नेयमारले गोल गर्न सफल भएका थिए । ४०औं मिनेटमा एन्जल डि मारियाले गोल गरेपछि पीएसजी पहिलो हाफमा २–० ले अघि बढेको थियो । ६३औं मिनेटमा एन्टोनिनले साडा थिओवको पासमा गोल गरेपछि घरेलु टोली खेलमा फर्किएको थियो ।

७१औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको मौका पायो । ६८औं मिनेटमा पीएसजीका डिफेन्डर थियागो सिल्भाले विपक्षी खेलाडीलाई फल गरेपछि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा निम्सले पेनाल्टीको मौका पाएको थियो । जसमा तेजी साभानिर चुकेनन् । खेल बराबरीमा पुगेपछि पीएसजीले थप आक्रमण बुन्दै गोल गर्न सफि रह्यो । ७७औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलायो । इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा एडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई ४–२ को जित दिलाए ।
जितसँगै अपराजित रहेको पीएसजीले चार खेलबाट १२ अंक जोडेर लिगको शीर्ष स्थानमा याथवत रहेको छ । पराजित निम्स भने चार खेलबाट ६ अंकसहित पाँचौ स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]