7 years ago
September 2, 2018
मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । रियलले ला लिगामा लगातार तेस्रो जित निकाल्ने क्रममा लेगानेसमाथि ४–१ को फराकिलो जित निकालेको हो ।

रियलको फराकिलो जितमा करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । लेगानेसका गुइडो कारिल्लोले एक गोल गरे ।
घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले १७औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिन सफल भएको थियो । ड्यानियल कार्भाहलको पासमा बेलको भली प्रहार गोलमा परिणत हुदा लेगानेसका गोलरक्षकले रोक्ने कुनै मौका पाएन ।
तर, रियलको त्यो अग्रता लामो समय टिकेन । २४औं मिनेटमा लेगानेसले पेनाल्टीबाट बराबरी गोल फर्कायो । पेनाल्टी एसियामा क्यासमिरोले विपक्षी खेलाडीमाथि ट्याकल गरेपछि लेगानेसले पेनाल्टीको मौका पाएको थियो । जसमा गुइडो चुकेनन् ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा खेलमा पूनरागमन गरेको रियलले थप ३ गोल गर्न सफल भयो । ४८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । मार्काे एसेन्सियोको सुन्दर क्रसमा बेन्जेमाले विपक्षी डिफेन्डरको निगरानीमा रहेपनि गोल गर्न सफल भयो । विपक्षी खेलाडीलाई फल गरेको भन्दै रेफ्रीले शुरुमा गोल नदिएपनि भिएआरको सहायताबाट बेन्जेमाको गोलले मान्यता पायो ।
६१औं मिनेटमा बेन्जेमाले टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि रियल खेलमा ३–१ ले अघि बढेको थियो । ६६औं मिनेटमा कप्तान सर्जियो रोमोसले पेनाल्टीमार्फत गोल गरेपछि रियलले ४–१ को आरामदायी अग्रता बनायो ।

एसेन्सियोलाई सियोभासले पेनाल्टी बक्समा फल गरेपछि रियलले पेनाल्टी पाएको थियो । त्यसपछि थप गोल गर्न निस्कन नसक्दा रियलले आरामदायी जित निकाल्न सफल भयो । लगातार तेस्रो जितसँगै रियल ९ अंकसहित लिगको शीर्ष स्थानमा छ । लेगानेस १ अंकसहित १९औं स्थानमा छ । ला लिगा अन्र्तगत नै शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिड सेल्टा डि भिगोसँग २–० ले पराजित भयो । एट्लेटिकालाई पराजित गर्न सेल्टाका म्याक्सीमिलियानो गोमेज र इगो आसपासले गोल गरे ।
जितसँगै सेल्टा ७ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । खराव शुरुवात गरेको एट्लेटिको ४ अंकसहित १२औं स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]