default_image

7 years ago

September 2, 2018

पार्मामाथि युभेन्ट्सको जित, रोनाल्डो अझै गोलविहिन

87 views

0 Bookmark

टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार राती युभेन्ट्सले पार्मालाई २-१ ले पराजित गरेको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुरै समय आक्रमणमा उतारेपनि उनले गोल गर्न भने सकेनन् ।

खेलको दोस्रो मिनेटमा नै पाहुना टोली युभेले अग्रता लिएको थियो । क्रोएसियाका फरवार्ड मारियो मान्जुकिचले गोल गर्दै टोलीलाई अगाडी बढाए । ३३ औं मिनेटमा जर्भिन्होले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा ब्लेस माटूइडीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उनले मान्जुकिचको पासको सदुपयोग गर्दै गोल गरेका थिए ।

लिगमा लगातार तेस्रो जित दर्ता गरेको युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । तर यसै सिजनको सुरुआतमा रियल म्याड्रिडबाट १ सय मिलियन पाउन्डमा भित्रिएका रोनाल्डोले गोल गर्न नसक्नु भने टाउको दुखाइ नै बनेको छ । रोनाल्डोले लिगका तीनै खेलमा पुरै समय खेलेका छन् । यस दौरान उनले पोस्टमा २४ प्रहार गरेपनि गोल गर्न भने सफल हुन सकेका छैनन् ।

लिगकै अर्को खेलमा इन्टर मिलानले बोलोग्नाको मैदानमा ३-० को जित हात पार्यो । इन्टरको लागि तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यसै सिजन रोमाबाट इन्टर पुगेका राड्जा नाइनगोलनले ६६ औं मिनेटमा अग्रता दिलाए । त्यसपछि एन्टोनियो क्यानड्रेभा र इभान पेरिसिचले गोल गर्दै जित पक्का गरे ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.