7 years ago
September 3, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई ८-२ ले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै बार्सिलोना पछाडी परेपनि त्यसपछि क्याटलान क्लबले उत्कृष्ट पुनरागमन गर्यो ।

हुएस्काले जुआन क्यामिलोको तेस्रो मिनेटको गोलमा अग्रता लिएको थियो । तर मेसीले १६ औं मिनेटमा इभान राकीटिचको पास सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । लगत्तै २४ औं मिनेटमा जोर्गे पुलिडोको आत्मघाती गोलमा बार्सिलोना अगाडी बढ्यो । लुइस सुआरेजले जोर्डी अल्बाको पासमा गोल गर्दै खेल ३-१ को स्थितमा पुर्याए । एलेक्स गल्लारले पाहुना टोलीका लागि पहिलो हाफको अन्त्यतिर गोल गर्दै अन्तर कम गरे ।
दोस्रो हाफको तेस्रो मिनेटमा लयमा रहेका ओस्मान डेम्बेलेले गोल गरे । उनले सुआरेजको पासमा दुई गोलको अग्रता पुन: कायम गरे । त्यसपछि ९ मिनेटको अन्तरमा मेसी र राकीटिचले गोल गर्दै खेल हुएस्काको पक्षमा फर्कन नदिने स्थिति तयार पारे ।

मेसीले ८१ औं मिनेटमा अल्बालाई पास दिए र डिफेन्डरले कुनै गल्ति गरेनन् । अन्तिम सयमा सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई सहज जित दिलाए । यो सिजनको सबैभन्दा फराकिलो जित पनि हो । बार्सिलोनाले यस जितसँगै लिगको शीर्ष स्थानमा अंक बराबर गरेको छ । रियलले पनि तीन खेल जित्दै ९ अंक बटुलेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]