7 years ago
September 3, 2018
ज्युरीच (एजेन्सी) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक भएको छ । यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो ।

शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका छन् । रोनाल्डोले गत सिजन क्लब फुटबलमा च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए । मोड्रीचले पनि सोहि उपलब्धिसँगै क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए ।
क्रिस्टियानो रोनाल्डो

विंगर
देश : पोर्चुगल
क्लब: रियल म्याड्रिड / युभेन्ट्स
सफलता : च्याम्पियन्स लिग विजेता, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप विजेता
लुका मोड्रीच

मिडफिल्डर
देश : क्रोएसिया
क्लब: रियल म्याड्रिड
सफलता : च्याम्पियन्स लिग विजेता, फिफा क्लब विश्वकप विजेता, विश्वकपको फाइनलमा कप्तान, विश्वकपको गोल्डेन बल विजेता
मोहमद सलाह

विंगर
देश : इजिप्ट
क्लब: लिभरपुल
च्याम्पियन्स लिग फाइनल खेलेको, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तामा दोस्रो स्थान, प्रिमियर लिगको सर्वाधिक गोलकर्ता
यसअघि मनोनयनमा परेका :
एन्टोइन ग्रिज्मन, केभीन डे ब्रुएन, इडेन हाजार्ड, ह्यारी केन, किलियन एमबप्पे, लिओनेल मेसी, राफेल भाराने,
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]