7 years ago
September 3, 2018
प्रकाश तिमल्सिना
ढाका – नेपाली फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन ढाका आएर पनि उत्साहित त छन् नै ,तर बोल्ने बेलामा भने सम्हालिएर बोलिरहेका छन् । उनले काठमाडौं भनाईलाई साफ सुजुकी कप (साफ च्याम्पियनसिप) सुरु हुने अघिल्लो दिन सोमबार पनि बदलेनन् ।
‘सेमिफाइनलसम्म पुग्ने टोलीको पहिलो लक्ष्य हो, प्रि म्याच कन्फ्रेन्समा महर्जनले भने, अन्तिम लक्ष्य उपाधि जित्नु हो । तर त्यसअघि हामीले राम्रो प्रदर्शन गर्दै अघि बढ्नु पर्ने हुन्छ ।’ महर्जन तीन प्रशिक्षक हुन्, जसले सन् २०१६ मा नेपाललाई यू १९ साफ च्याम्पियनसिपको उपाधि दिलाएका थिए । त्यहि वर्ष बंगलादेशमै उनले राष्ट्रिय टोलीलाई बंगबन्धु गोल्ड कप जिताएका थिए ।
अहिले फेरि पहिलो पटक नेपाललाई च्याम्पियन बनाउने अवसर उनीमा रहनेछ । उनी नेपाललाई च्याम्पियन बनाउन सफल भएको खण्डमा समकालिन प्रशिक्षकलाई उनको उपलब्धी भेट्टाउन सहज हुने छैन । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका महर्जन एएफसी फयुचर कोचिङ कोर्सको पहिलो ब्याचका प्रशिक्षक हुन् । उनले राष्ट्रियसँगै रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई पनि प्रशिक्षण दिएका थिए ।
महर्जनले नेपाल हुँदै हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पाकिस्तानी युवा टोली (यू २३) सँग नेपाली युवा टोली (यु २३) ले भोगेको २–१ को हारबाट पाठ सिक्नु पर्ने बताएका थिए । ‘त्यो खेल पनि हामीले हार्ने खालको थिएन । यद्दपी जे भयो त्यो वितिसक्यो, उनले भनेका थिए,’ ढाकामा पाकिस्तानको सिनियर टोली हुन्छ र हाम्रोमा पनि त्यो पुरै टोली हुँदैन । त्यसैले एसियाडको भन्दा फरक खेल हुनेछ ।’
उनले पाकिस्तान र भुटानसँगको खेलमा शतप्रतिशत नतिजा पछि मात्र आयोजक बंगलादेशको खेलका विषयमा सोच्ने बताएका थिए । उनले भुटानले पछिल्लो समय फुटबलमा राम्रो प्रगित गर्दै गएकाले सचेत भएर खेल्न आवश्यक रहेको बताएका थिए । ‘विपक्षीलाई सम्मान गर्नुपर्छ,’ उनले भनेका थिए, ‘तर हामी जुनसुकै टोली हुँदा पनि सेमिफाइनल पुग्न सक्षम छौं ।’
उनले एसियाडबाट फर्केपछिको १० दिनको प्रशिक्षण टोलीको मनोबल निकै सकारात्मक भएको दाबी पनि गरेका छन् । पाकिस्तानलाई हराउँदै नेपालले ढाका यात्राको सुरु गर्नेछ । नेपाली टोलीले सोमबार साँझ प्रशिक्षण पनि गरेको छ । साफ च्याम्पियनसिपमा मात्र नेपाल र पाकिस्तानबीच ६ पटकको भेटमा नेपालकै पल्ला भारी छ । नेपालले खेल जितेको छ भने १ खेल गुमाएको छ । बाँकी ३ खेल बराबरीमा टुंगिएको थियो ।
हरेक प्रतियोगितामा पहिलो खेललाई महत्वपूर्ण मानिनेछ । पाकिस्तानलाई हराउन सके नेपालको अघिल्लो चरण यात्रा बलियो मात्र हुने छैन, बाँकी दुई खेलका लागि पनि मनोबल उच्च हुनेछ । सन् १९९३ मा दक्षिण एसियसाली खेलकुद (साफ) मा स्वर्ण पदक जिते यता नेपाली टोली त्यसयताकै सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि जित्ने मौका प्राप्त गरेको छ । त्यति बेला स्वर्ण पदक जित्दाका सदस्य महर्जनले अहिले साफ च्याम्पियनसिप जिताउन सके अर्को इतिहास रच्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]