7 years ago
September 4, 2018
प्रकाश तिमल्सिना
ढाका – यस पटकको ढाका यात्रा नेपाली फुटबल टोलीका लागि कस्तो रहला ? नेपाल फुटबल समर्थकका लागि सबैभन्दा चासोको विषय हो । नेपाल साफ च्याम्पियनसिपको उपाधि जितेर स्वदेश फर्कला वा फेरि निराश भएर फर्कनुपर्ला । अपेक्षा बढी र कमजोर प्रदर्शन साफ च्याम्पियनसिपमा नेपाली टोलीको नियती जस्तै बनेको छ ।
सन् २०११ र २०१३ को साफ च्याम्पियनसिपमा लगातार सेमिफाइनल पुग्नुबाहेक नेपाली टोलीको साफ च्याम्पियन इतिहास कमजोर नै छ, अझ भनौं बिर्सन लायक छ । ढाकामा आजबाट सुरु हुने १२ औं संस्करणमा फेरि एक पटक नेपाली टोलीबाट उच्च अपेक्षा गरिएको छ । हरेक प्रतियोगिताको पहिलो खेल महत्वपूर्ण हुने प्रशिक्षकहरुले बताउने गरेका छन् । त्यो भनाईलाइ मान्दा आज पाकिस्तानसँग हुने उद्घाटन खेल नेपालका लागि महत्वपूर्ण हुनेछ ।
नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार खेल ३ः४५ बजे सुरु हुनेछ । पहिलो खेल जित्न सके अघिल्लो चरण यात्राको सम्भावना बलियो हुनेछ । आजको खेल बराबरी वा गुमाएमा टोलीमाथि बाँकी दुई खेलमा दबाब पर्नेछ । नेपालले दोस्रो खेल बिहीबार भुटान र शनिबार आयोजक बंगलादेशसँग खेल्ने छ । अहिले फाइनल सम्मको बारेमा सोच्न हतारो हुने बुझेका टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पहिलो लक्ष्य सेमिफाइनल रहेको बताउँदै आएका छन् ।

उनले सोमबारको प्रिम्याच कन्फ्रेन्समा पनि त्यहि भनाई दोहोराएका छन् । पहिलो सेमिफाइनल पुग्ने हाम्रो लक्ष्य हो, उनले भनेका थिए, हाम्रो लक्ष्य पक्कै पनि च्याम्पियन बन्ने हो । सेमिफाइनल पुगेपछि मात्र हामीले फाइनलको पुग्ने बारेमा सोच्ने छौं । नेपाल र पाकिस्तानको खेलपछि आजै आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । अर्को समूहमा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारत, माल्दिभ्स र श्रीलंका छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।
अहिले साफ सुजिकी कपका नाममा हुने प्रतियोगिता यसअघि साफ च्याम्पियनसिप र सुरुवातमा सार्क गोल्ड कपका नाममा आयोजना भएको थियो । २६ वर्ष लामो इतिहास बोकेको प्रतियोगिता १९९३ र १९९५ सार्क गोल्ड कप र १९९७ पछि साफ च्याम्पियनसिपका नाममा आयोजना हुँदै आएको छ ।
साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन
पाकिस्तान (१९९३) – तेस्रो स्थान (सार्क गोल्डकप)
श्रीलंका (१९९५) – चौथो स्थान (सार्क गोल्डकप)
नेपाल (१९९७) – समूह चरण भारत (१९९९) – चौथो स्थान
बंगलादेश (२००३) – समूह चरण
पाकिस्तान (२००५) – समूह चरण
माल्दिभ्स÷श्रीलंका (२००८) –समूह चरण
बंगलादेश (२००९) – समूह चरण
भारत (२०११) – सेमिफाइनल
नेपाल (२०१३) – सेमिफाइनल
भारत (२०१५) – समूह चरण
साफ च्याम्पियनसिपमा नेपालको खेल सङ्ख्या – २८ जित– ८ हार– १६ बराबर–४ गोल अन्तर ३३–४५
सार्क गोल्डकपमा नेपालको प्रदर्शन खेल– ६ जित–१ बराबरी–२ हार– ३ गोल अन्तर ४–६
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]