default_image

6 years ago

September 4, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध पाकिस्तान [लाइभ अपडेट]

29 views

0 Bookmark

नेपाल १ -२ पाकिस्तान

नेपालको सुरुआती ११ :

किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन (कप्तान), सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, भरत खवास, नवयुग श्रेष्ठ, अन्जन विष्ट

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना

नेपाली टिमले अहिले वार्मअप  गरिरहेका छन् ।

यो त्यही स्टेडियम हो । जहाँ नेपालले १९९३ मा दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्णपदक जितेको थियो ।

जहाँ नेपालले भारतलाई पराजित गर्दै स्वर्ण जितेको थियो ।

नेपाली टिमका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जन बंगलादेशमा निक्कै भाग्यमानी छन् ।

काठमाडौंमा नेपाली यु–१९ टिमलाई च्याम्पियन बनाएको बालगोपालकै प्रशिक्षणमा नेपालले बंगबन्धु गोल्ड कप जितेको थियो ।

प्रशिक्षकको रुपमा पनि निकै सफल छन् ।

उनको प्रशिक्षणमा नेपालले तीन खेल खेल्दा कुनै पनि खेल गुमाएको छैन ।

बाल गोपालको प्रशिक्षणमा नेपालले दुई खेलमा जित र एक बराबरी खेलेको छ ।

नेपालले श्रीलंकामाथि १–० को जित निकालेको थियो । बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । माल्दिभ्समाथि ४–१ को जित निकाल्दा नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए ।

पाकिस्तान भने ४ वर्षपछि खेलमा फर्किएको हो ।

खेल सुरु हुन लागेको छ ।

अहिले नेपालको राष्ट्रिय धुन बजिरहेको छ । नेपालको राष्ट्रिय धुन सकिएको छ ।

अहिले पाकिस्तानको राष्ट्रिय धुन बजेको छ । पाकिस्तानको राष्ट्रिय धुन  सकिएको छ  ।

खेल सुरु भएको छ  ।

खेल सुरु संगै बंगबन्धु रंगशालामा वर्षा पनि सुरु भएको छ  ।

१ मिनेट: नेपालले मुभ बनाउने प्रयास गरि रहेको छ ।

२  मिनेट: सुरुदेखि नेपाल हावी बनेको छ ।

खेलको पाचौ मिनेट चलिरहेको छ । कुनै पनि राम्रो  मुभ भएको छैन   ।

नवौ मिनेट चलिरहदा कुनै मुभ निस्केको छैन  ।

दर्शकको न्यून उपस्थिति रहेको छ  ।

पाकिस्तानी खेलाडी मैदानमा लडेका छन्  ।

१३  औ मिनेटमा बिमलको क्रसमा नवयुगको हेड बाहिरिएको छ ।

१५ औ मिनेटको खेल चलिरहेको छ  ।

नेपालले पाँच वर्षपछि पकिस्तानसंग खेलेको हो   । २०१३ मा १-१ गोलको बराबरी  खेलेको थियो  ।

२०औ मिनेट सकिएको छ । कुनै टिमले गोल गर्न सकेको छैन । खेलमा नेपालले पकड बनाएको छ ।

२५ औ मिनेटमा विराजको क्रस गोलकिपरको हातमा छ ।

३०औ मिनेटको  खेल सकिएको छ। कुनैपनि टिमले  राम्रो मुभ बनाउन सकेको छैन । खेल भने नेपालकै पक्षमा छ ।

३०औ मिनेटमा नवयुगको फितलो प्रहार पोस्टबाट निकै माथि

३४औ मिनेटमा पाकिस्तानले पेनाल्टी पाएको छ ।

३६औ मिनेटमा गोल । नेपाल १-० ले पछि

कप्तान बिराजले मोहमद रियाजलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको हो । जसमा हसन विड बसिरले गोल गरे ।

३९ औ मिनेटमा सुमन अर्याल कर्नरमा प्राप्त  बलमा थोरैले चुके ।

पहिलो हाफ सकिन २ मिनेट बाकी छ । नेपाल १–० ले पछि परेको छ ।

तीन मिनेट समय थप गरिएको छ । नेपाल १–० ले पछि छ ।

इन्जुरी समयमा विमलको क्रस सदुपयोग हुन सकेन ।
पहिलो हाफ सकिएको छ । नेपाल १–० ले पछि परेको छ ।

दोश्रो हाफ सुरु भएको छ ।

४९औ मिनेटमा अनन्तको प्रहारले गोलको दिशा लिन सकेन ।

५५औ मिनेट नेपालको आक्रमक खेल । तर, गोल गर्न असफल

६०औ  मिनेट समाप्त । नेपाल १-० ले पछि

६५औ  मिनेट नेपाल १-० ले पछि

६७औ मिनेटमा खेलाडी परिबर्तन नवयुग श्रेष्ठको स्थानमा निराजन खड्का मैदान प्रवेश ।

७०औ मिनेट समाप्त । नेपाल १-० ले पछि ।

७३औ मिनेटमा खेलाडी परिबर्तन भरत खवासको स्थानमा सुनिल बल  मैदान प्रवेश ।

७५औं मिनेट वान भर्सेस वानमा पाकिस्तानी खेलाडीको प्रहार बारमा ।

खेल सकिन १० मिनेट बाकी । नेपाली १–० ले पछि । नेपालको निरन्तर प्रयास तर, पाकिस्तानी डिफेन्स चिर्न असफल

नेपाल ८२ औं बराबरी गोल गर्न सफल । नेपालका लागि विमल घर्तीमगरको गोल
खेल १–१

खेल सकिन दुई मिनेट बाँकी नेपाल १ पाकिस्तान १

८८औं मिनेट गोलरक्षक किरणले विपक्षीको प्रहारलाई सहजै आफ्नो पन्जामा पार्न सफल ।

८९औं मिनेट सुजलको शक्तिशाली प्रहार गोलरक्षकले मुस्किलले बचायो ।

पाँच मिनेट समय थपिएको छ ।

९०+५ मिनेट नेपालले गोल खाएको छ ।

पाकिस्तानका मोहमद अलिले हेड गोल गरे ।

खेल सकिएको छ । नेपाल पाकिस्तानसँग २–१  ले पराजित भएको छ ।
आजै समूह ‘ए’ मा बंगलादेश र भुटानले खेल्नेछ ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.