default_image

6 years ago

September 4, 2018

ओझेलमा विमलको गोल

20 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – नेपाली टोलीका स्ट्राइकर विमल घर्तिमगरले खेल जीवनमा पहिलो खेल र पछिल्लो गोल पाकिस्तानविरुद्ध गरे । प्रतियोगितामा पनि उही साफ च्याम्पियन । तर, नजिता भने फरक रह्यो । उनको त्यो पहिलो गोलले विमललाई सम्भवत: नेपाली फुटबल समर्थकमाझ चिनाएको थियो । यसपटक पनि उनले गोल गरे, तर त्यो गोल भने पाकिस्तानको जितका अघि ओझेलमा पर्यो ।

पाकिस्तानविरुद्ध गोल गरेपछि विमल घर्तीमगर । तस्वीरः विवेक सुवेदी/हाम्रो खेलकुद

सन् २०१३ मा काठमाडौंमा आयोजना भएको साफ च्याम्पियनसिपमा अहिले जस्तै नेपाल र पाकिस्तान एउटै समूहमा थिए । त्यत्ति बेलाको खेलमा पनि नेपाल १–० ले पछि थियो । इन्जुरी समयमा विमलले गोल फर्काए र नेपाललाई हारबाट जोगाए । नतिजा १–१ को बराबरीमा खेल टुंगियो ।

ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार सुरु भएको साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा पनि नेपाल र पाकिस्तान भिडे । तर, त्यत्ति बेला जस्तो यसपटक भने भएन । पहिलो हाफमा १–० ले पछि परेको खेलमा विमलले फेरि पनि हार टार्ने अवसर थियो । खेल सकिन ८ मिनेट बाँकी रहँदा विमले गोल फर्काए । लाग्थ्यो, खेलमा फेरि एतिहास दोहाुरिने छ, र फेरि एकपटक विमल नायक बन्नेछन् । तर, यसपटकको कथाको अन्त्य फरक थियो । विमलले त्यतिबेला फर्काएको समयमा जस्तै पाकिस्तानी खेलाडीले गोल थपे नजिता आफ्नो पक्षमा पारे । अनि विमलको त्यो गोल ओझेलमा पर्यो ।

पछिल्लो ५ वर्षदेखि नियमित राष्ट्रिय टोलीका सदस्य रहेका विमललाई सायद त्यो गोलले फेरि एकपटक समर्थकका माझमा लोकप्रिय बनाउन सक्थ्यो । तर, पाँच वर्षअघि जस्तो यसपटक हुन सकेन । इन्जुरी समयमा सम्हालिन नसकेको नेपाल पराजयका साथ यसपटकको यात्रा सुरु गर्नु पर्यो । नेपाली टोलीका लागि यो उनको सातौं रह्यो । राष्ट्रिय टोलीमा अहिले रहेका खेलाडीमध्ये विमल दोस्रो सर्वाधिक गोलकर्ता हुन् । उनी भन्दा अगाडि ९ गोलसहित भरत खवास शीर्षस्थानमा छन् । नवयुग श्रेष्ठको ५ गोल छ ।

पाँच वर्षमा पहिलो र पछिल्लो गोल पाकिस्तानविरुद्ध गरेका विमलले यो पुरा ५ वर्षमा भारत, श्रीलंका, लाओस, ब्रुनाईसँग पनि गोल गरका थिए । २०१३ को सेप्टेम्बर ३ मा पहिलो गोल गरेका उनले पुरा ५ वर्षपछि पछिल्लो गोल २०१८ सेप्टेम्बर ४ मा पाकिस्तानविरुद्ध गरे ।

विमलका ७ गोल
२०१३ सेप्टेम्वर ३ साफ च्याम्पियनसिप विरुद्ध पाकिस्तान
२०१५ डिसेम्वर २७ साफ च्याम्पियनसिप विरुद्ध भारत
२०१६ जनवरी १३ बंगबन्धु गोल्डकप विरुद्ध श्रीलंका
२०१६ नोभेम्वर ८ एएफसी सोलिडारिटी कप विरुद्ध ब्रुनाई
२०१६ नोभेम्वर १२ एएफसी सोलिडारिटी कप विरुद्ध लाओस
२०१७ सेप्टेम्वर ५ एसियन कप छनोट विरुद्ध ताजिकिस्तान

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.