default_image

6 years ago

September 6, 2018

साफ च्याम्पियनसिपः नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा भैरहेको साफ च्याम्पियनसिप (साफ सुजिकी कप) मा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल पाकिस्तानसँग अन्तिम समयमा गोल खादै २–१ ले पराजित भएको थियो । यस्तोमा नेपाल पहिलो जितका खोजीमा हुनेछ । जारी साफ च्याम्पियनसिपमा […]

34 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा भैरहेको साफ च्याम्पियनसिप (साफ सुजिकी कप) मा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ ।

नेपाल पाकिस्तानसँग अन्तिम समयमा गोल खादै २–१ ले पराजित भएको थियो । यस्तोमा नेपाल पहिलो जितका खोजीमा हुनेछ । जारी साफ च्याम्पियनसिपमा रहिरहन नेपाललाई भुटानविरुद्धको खेलमा निश्चित जित आवश्यक छ । बराबरीले अर्काे चरणको सम्भावना न्युन रहदा हारले भने नेपालको यात्रा फेरि समूह चरणबाटै टुंगिनेछ । नेपालले अघिल्लो साफमा पनि समूह चरण पार गर्न सकेको थिएन ।

भुटानविरुद्धको खेलमा नेपालले अहिलेसम्म हार बेहोरेको छैन । साफमा दुईपटक आमनेसामने हुदा दुवै खेलमा नेपाल विजयी हुन सफल भएको छ । नेपाली टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको जितबाहेकको विकल्प नरहेको बताएका छन् ।

यता, भुटान पनि समूहमा अंकविहीन रहेकाले पहिलो जित निकाल्दै दोस्रो चरण पुग्ने सम्भावना जीवितै राख्ने योजनामा हुनेछ । भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

नेपालविरुद्धको खेलमा भुटानका २२ वर्षीय फरवार्ड चेन्चो ग्याल्जेन मुख्य हतियार हुनेछन् । चेन्चो भारतीय आइ लिग क्लबबाट व्या

वसायिक फुटबल खेल्ने गर्दछन् । बंगलादेशविरुद्धको खेलमा उनी बंगाली डिफेन्डरको मार्कमा रहँदा खुलेर खेल्न सकेको थिएन ।
भुटानका प्रशिक्षक ट्रिभोर मोर्गानले दुवै टोलीले पहिलो खेल गुमाएका कारण खेल खुल्ला हुने बताएका छन् ।

समूह ‘ए’ मा नेपाल र भुटान अंकविहीन हुदा बंगलादेश र पाकिस्तानले समान ३ अंक जोडेका छन् ।

April 30, 2024

एन्फाको यूके भ्रमण : टोली बाहिरका २० जना आफ्नै खर्चमा जाने तयारी

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ । एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

Success

Thank you for your time.