default_image

6 years ago

September 6, 2018

नेपाल र भुटान दुवै ‘गर या मर’ को स्थितिमा

ढाका (हाम्रो खेलकुद) – बंगलादेशको ढाकास्थित बंगबंधु रंगशालामा साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को दोस्रो चरणको पहिलो खेलमा नेपाल र भुटान भिड्दै छन् । नेपाली समयअनुसार ३:४५ मा सुरु हुने खेलको नतिजाले प्रतियोगितामा नेपालको भाग्य निर्धारण गर्नेछ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ को पराजय बेहोर्दै प्रतियोगितामा निराशाजनक सुरुआत गर्यो । कप्तान बिराज महर्जनले पेनाल्टी क्षेत्रभित्र […]

24 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – बंगलादेशको ढाकास्थित बंगबंधु रंगशालामा साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को दोस्रो चरणको पहिलो खेलमा नेपाल र भुटान भिड्दै छन् । नेपाली समयअनुसार ३:४५ मा सुरु हुने खेलको नतिजाले प्रतियोगितामा नेपालको भाग्य निर्धारण गर्नेछ ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ को पराजय बेहोर्दै प्रतियोगितामा निराशाजनक सुरुआत गर्यो । कप्तान बिराज महर्जनले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पाएको पेनाल्टीमा पाकिस्तानले अग्रता लिएको थियो । विमल घर्ति मगरले खेललाई बराबरीमा ल्याएपनि नेपालले अन्तिम मिनेटमा सम्हालिन नसक्दा नतिजा सुम्पिएको थियो । उक्त खेलमा नयाँ रणनीतिमा खेलको नेपालले दोस्रो हाफमा केहि खेलाडी परिवर्तन गरेपछि मात्र केहि राम्रो मुभ बनाएको थियो । प्रशिक्षक महर्जनले यस खेलमा केहि परिवर्तन गर्ने नै छन् ।

भुटानले पनि पहिलो खेलमा आयोजक बंगलादेशसँग २-० को हार बेहोर्यो । पहिलो हाफमा भुटानले केहि मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेन । विदेशी प्रशिक्षक ट्रेभोर मोर्गनले भुटानी टोलीलाई कमजोर नआँक्न भनिरहँदा आयोजकविरुद्धको प्रदर्शनले पनि नेपाल सजग हुनुपर्ने देखिन्छ । विशेषत: फरवार्ड चेन्चो ग्याल्सेनको प्रदर्शन नेपाललाई चुनौतीपूर्ण हुन सक्छ ।

पछिल्लो खेलमा डिफेन्स फितलो हुँदा नेपाल पराजित भएको थियो । यस खेलमा सोहि गल्ति दोहोर्याउनु नेपालको प्रतियोगितामा यात्रा समाप्त हुनुझैं हुनेछ । नेपाल र भुटान दुवै अंकविहिन छन् र यस खेलमा हार बेहोर्ने टोली घर फर्कने निश्चित नै छ । जित हात पारेको खण्डमा भने दोस्रो चरण पुग्ने आशा कायम हुन्छ । यदि यो खेल बराबरीमा टुंगियो भने गणितीय हिसाबले मात्र दुवै टोली प्रतियोगितामा रहन्छन् । त्यसैले पनि दुवै टोली ‘ गर या मर ‘ को स्थितिमा रहेर यो खेलमा जानेछन् ।

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

April 30, 2024

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो । कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा […]

Success

Thank you for your time.