default_image

6 years ago

September 7, 2018

साफ च्याम्पियनसिपको सेमिफाइनल समिकरण

27 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका – साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गर्यो । समूहकै अर्को खेलमा आयोजक बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै हातमा आएको छ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

समूहको अन्तिम चरणको खेल शनिबार हुँदैछ । उक्त खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्नेछ भने पाकिस्तानले भुटानसँग खेल्नेछ । दोस्रो चरणको खेल सकिंदा अंक तालिकामा बंगलादेश २ खेलमा ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा पाकिस्तान २ खेलमा ३ अंक लिएर बसेको छ । नेपालले पनि २ खेलमा ३ अंक नै जोडेको भएपनि हेड टु हेड नियमका आधारमा नेपाल तेस्रो स्थानमा रहेको हो । पाकिस्तानको तुलनामा नेपालको गोल अन्तर धेरै भएपनि हेड टु हेड नियममा समान अंक बोकेका दुई टोलीको नतिजालाई प्राथमिकतामा राखिने प्रावधान छ । समूहको पुछारमा रहेको भुटानले २ खेलमा कुनै अंक जोडेको छैन । यसका बाबजुद पनि भुटानको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ ।

नेपाल ४-० भुटान (म्याच रिपोर्ट)

नेपाललाई सेमिफाइनलमा स्थान पक्का गर्न पहिलो विकल्प बंगलादेश विरुद्ध स्पष्ट जित हासिल गर्नु हो । नेपालले शनिबार कुनै स्कोरले जित दर्ता गरेमा सेमिफाइनलमा स्थान बनाउनेछ । यस्तो अवस्थामा नेपाल समूह विजेता वा उपविजेता बन्ने टुङ्गो लाग्न पाकिस्तान र भुटानको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । शनिबार पहिलो खेलमा पाकिस्तान र भुटान भिड्ने भएकाले पनि नेपाललाई बंगलादेशविरुद्ध कस्तो नतिजा आवश्यक पर्छ, त्यो फाइदाजनक हुन सक्छ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

यदि भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बंगलादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि पाकिस्तानले भुटानसँग अंक गुमाएर नेपालले बंगलादेशलाई पराजित गरे नेपाल समूह विजेता बन्नेछ । यदि पाकिस्तानले भुटानलाई पराजित गर्दै नेपालले बंगलादेशलाई हराएको खण्डमा बंगलादेश बाहिरिने सम्भावना पनि कायम छ । यसका लागि नेपाल र बंगलादेशको खेलको नतिजा निर्णायक हुन्छ । यदि तीन टोलीको अंक समान भएमा, बराबर अंक भएका टोलीहरुको मात्र नतिजा हेरिन्छ ।

भुटानविरुद्ध जितको हाइलाइट्स

यो अवस्थामा भुटानले पाकिस्तानलाई फराकिलो अन्तरमा हराउने र नेपाल पनि बंगलादेशसँग पराजित मात्र भएपनि भुटानले अर्को चरणमा स्थान बनाउने छ । यसका लागि भुटानले कम्तिमा पनि ५ गोलअन्तर (अथवा ५ वा सोभन्दा बढी गोल गरेर ४ गोलको अन्तर ) ले जित दर्ता गर्नुपर्ने हुन्छ । यो सम्भावना भने गणितीय हिसाबले मात्र सम्भव हुने देखिन्छ । पाकिस्तानले भने भुटानलाई पराजित गर्दै समूहमा कुन स्थान हुने हो त्यो पक्का गर्न नेपाल र बंगलादेशको नतिजा कुर्नुपर्ने हुन्छ ।

समग्रमा भन्नुपर्दा बंगलादेशलाई बराबरी अथवा जितले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले पनि जित दर्ता गरे अर्को चरण पुग्ने पक्का छ । पाकिस्तानले पनि भुटानलाई पराजित गरेको खण्डमा नेपालको नतिजा कुर्नुपर्ने हुन्छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.