default_image

6 years ago

October 7, 2018

बार्सिलोनाका फरवार्डको ह्याट्रिकमा डर्टमुन्ड विजयी

बर्लिन (एजेन्सी) – क्याटलान क्लब बार्सिलोनाबाट लोनमा बोरुसिया डर्टमुन्ड पुगेका फरवार्ड पाको अल्कासेरले वैकल्पिक खेलाडीको रुपमा ह्याट्रिक गरेपछि जर्मन लिगमा अग्सबर्ग ४-३ ले पराजित भएको छ । अल्कासेरले खेलको अन्तिम प्लेअनुरुप प्राप्त गरेको फ्रिकिकलाई गोलमा परिणत गर्दै जित दिलाएका हुन् । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम १० मिनेटमा ४ गोल सम्भव भएको थियो । खेलमा २-१ […]

24 views

0 Bookmark

बर्लिन (एजेन्सी) – क्याटलान क्लब बार्सिलोनाबाट लोनमा बोरुसिया डर्टमुन्ड पुगेका फरवार्ड पाको अल्कासेरले वैकल्पिक खेलाडीको रुपमा ह्याट्रिक गरेपछि जर्मन लिगमा अग्सबर्ग ४-३ ले पराजित भएको छ ।

अल्कासेरले खेलको अन्तिम प्लेअनुरुप प्राप्त गरेको फ्रिकिकलाई गोलमा परिणत गर्दै जित दिलाएका हुन् । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम १० मिनेटमा ४ गोल सम्भव भएको थियो । खेलमा २-१ ले पछाडी रहेपनि बोरुसियाले ३-२ को अग्रता लिन सफल रहेको थियो । अग्सबर्गले खेलमा बराबरी गोल फर्काएपनि अन्तिम समयमा अल्कासेरले उत्कृष्ट फ्रिकिक प्रहार गरे ।

अग्सबर्गका लागि अल्फ्रेड फिनोबोगासनले पहिलो हाफमा अग्रता दिलाएका थिए ।अल्कासेरले मैदान प्रवेश गरेको पहिलो टचमा नै बराबरी गोल गरेका थिए । ५९ औं मिनेटमा मैदान प्रवेश गरेका फरवार्डले ६२ औं मिनेटमा खेल १-१ को स्थितिमा ल्याए ।फिलिप म्याक्सले गोल गर्दै अग्सबर्गलाई अग्रता दिलाए । ८० औं मिनेटमा अल्कासेरले पुन: बराबरी गोल गरे । त्यसको केहिबेरमै उअस सिजन लिगमा पहिलो पटक खेलिरहेका मारियो गोट्जेले बोरुदियालाई अग्रता दिलाए ।

माइकल ग्रेगोरिशले ८७ औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । तर अल्कासेरले इन्ज्युरी समयको पाँचौ मिनेटमा वालको माथिबाट घुमाउरो फ्रिकिक प्रहार गर्दै जित पक्का गरेका थिए । लिगको ७ खेलमा बोरुसियाले ५ जित र २ बराबरी खेलेको छ । १७ अंक जोडेको टोली शीर्ष स्थानमा ३ अंक र बायर्नभन्दा ४ अंकले अगाडी रहेको छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.