7 years ago
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगबन्धु कपमा सहभागिता जनाएपछि स्थगित भएको साहिद स्मारक ‘ए’ डिभिजन लिग बुधबारदेखि सुचारु हुने भएको छ ।

बंगबन्धु कपको यात्रा समूह चरणमा नै सिमित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगअन्तर्गत पहिलो चरणका बाँकी खेल दशैं अगाडी नै सक्ने निर्णय लिएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार दशैं अगाडी पहिलो चरणका ५ खेल सकिने छन् । उनले बाँकी स्थगित खेलहरुबारे एन्फा र क्लब बसेर छिट्टै उपयुक्त मिति निकाल्ने पनि जानकारी दिए ।
लिगअन्तर्गत सुरुआती दुई खेल भने असोज १३ र १४ गते नै सम्पन्न भएको थियो । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटि) बिचको खेल २-२ को बराबरीमा सकिएको थियो । उक्त खेलमा आर्मीका लागि सन्तोष तामाङले अन्तिम मिनेटमा इन्डाइरेक्ट फ्रिकिकको मदतले इन्ज्युरी समयको अन्तिम मिनेटमा बराबरी गोल गरेका थिए । त्यसअघि पनि उनले नै आर्मीका लागि पेनाल्टीबाट बराबरी गोल फर्काएक थिए । एनआरटिका लागि रोजित पुडासैनी र राजेश परियारले गोल गरेका थिए ।

दोस्रो खेलमा संकटाले सरस्वति क्लबलाई १-० ले हराएको थियो । अन्तिम मिनेटसम्म गोलरहित बराबरीमा चलेको खेलको इन्ज्युरी समयमा लक्ष्मण रुचालले सुन्दर गोल गर्दै टोलीलाई जित दिलाएका थिए । संकटा ३ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । अब लिग अन्तर्गत बुधबारदेखि ५ खेल हुनेछन् । त्यसपछि भने लिग ५ साताको दशैं-तिहार ब्रेकका लागि फेरी रोकिनेछ ।
पहिलो चरणका बाँकी ५ खेलहरु :
ब्रिगेड ब्वाइज क्लबविरुद्ध मनाङ मर्स्याङदी क्लब
मछिन्द्र क्लबविरुद्ध च्यासल युथ क्लब
फ्रेन्ड्स क्लबविरुद्ध थ्री स्टार क्लब
जावलाखेल युवा क्लबविरुद्ध नेपाल पुलिस क्लब
हिमालयन शेर्पा क्लबविरुद्ध नेपाल एपीएफ क्लब
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]