default_image

6 years ago

November 1, 2018

लाम्पार्डको डर्बीलाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

22 views

0 Bookmark

लन्डन (एजेन्सी) – दुुई आत्मघाती गोल उपहार पाएपछि लन्डन क्लब चेल्सीले डर्वी काउन्टीलाई पराजित गर्दै काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कारवाओ कप अन्तरगत बुधबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई ३–२ ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । डर्बीमा यस सिजन चेल्सीका पूर्व खेलाडी फ्रान्क लाम्पार्ड प्रशिक्षक रहेका छन् । चेल्सीका सेस फाब्रिगासले एक गोल गर्दा दुई गोल उपहार पाएको थियो । डर्वीका ज्याक म्यारीओट र मार्टिन वागहनले गोल गरे । सबै पाँच गोल पहिलो हाफमा सम्भव भएको थियो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा डर्बीका डिफेन्डर फिकायो तोमोरीको आत्मघाती गोलबाट चेल्सीले खेलको पाँचौ मिनेटमा सुरुवाती अग्रता लिन सफल भएको थियो । तर, चेल्सीको त्यो अग्रता ४ मिनेटमै तोडियो । नवौं मिनेटमा डर्बीका ज्याक मार्रियोटले बराबरी गोल फर्काए । खेलको २१औं मिनेटमा डर्बीका रिचार्ड क्योगले आत्मघाती गोल गर्दा चेल्सीले खेलमा २–१ को अग्रता लिन सफल भयो । २७ औं मिनेटमा मार्टिन वागहनले गोल गर्दै खेललाई पुन २–२ गोलको बराबरीमा ल्याएका थिए ।

४१औं मिनेटमा फाब्रिगासले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३–२ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा चेल्सी ३–२ ले विजयी हुन सफल भयो । चेल्सीले क्वाटरफाइनलमा बर्नमाउथसँग खेल्नेछ ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.