default_image

6 years ago

November 1, 2018

यु–१९ महिला फुटबल टोली सम्मानित

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इङ्लिस प्रिपरेटरी स्कुल (इपिएस)ले यु–१९ नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई बुधबार राति सम्मान गरेको छ । एएफसी यु–१९ महिला च्याम्पियन्सीप छनोटको दोस्रो चरणमा पुगेर इतिहास बनाएको भन्दै इपिएसले यु–१९ महिला टिमलाई सम्मान गरेको हो ।

हालै थाइल्यान्डमा भएको छनोट प्रतियोगितामा हेड टु हेडको नियमअनुसार नेपाल समूह उपविजेता बनेर अर्को चरणमा प्रवेश गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष वृmष्ण थापाले थाइल्यान्डमामा उपलब्धि हासिल गरेको टिमलाई जनही ५० हजार रुपियाँ दिने जानकारी दिए ।

एन्फाका अर्का उपाध्यक्ष उपेन्द्रमान सिंहले जग बलियो भए मात्र घर बलियो हुने भएकोले एन्फा अहिले दीर्घकालीन योजनासहित ग्रासरुट फुटबलमा केन्द्रीत भएर काम गरिरहेको बताए । इपिएस स्कुलकी प्रिन्सिपल प्रमिला सिंहले महिला फुटबलमा चुनौती र अवसर दुवै रहेको धारणा व्यक्त गरे ।

प्रतियोगितामा घरेलु टिम थाइल्यान्ड, भारत र नेपाल तीन खेलबाट समान दुई जितसहित ६–६ अङ्कमा रहेका थिए । यद्दपि गोलअन्तरको आधारमा थाइल्यान्डले शीर्ष र नेपालले दोस्रो स्थान बनाए । भारत तेस्रो स्थानमा खुम्चिन बाध्य भयो । पाकिस्तान पुछारमा रह्यो ।

यस छनोट प्रतियोगिताबाट समूह विजेता स्वतः उत्कृष्ट उपविजेता अर्को चरणमा पुग्ने प्रावधान छ । तर फाइनल चरण थाइल्यान्डमै हुने भएकोले समूह बीमा थाइल्यान्ड समूह विजेता भएमा यस समूहको उपविजेता हुने राष्ट्र विजेताको रुपमा अगाडि बढ्ने प्रावधानअनुरुप नेपाल अर्को चरणमा पुगेको हो ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.