7 years ago
November 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतको सिक्किममा गभनर्स गोल्ड कप च्याम्पियन बनेको सिग्नेचर मनाङ मस्याङ्दी क्लबको टोली आज स्वदेश फर्कदैछ । यसअघि दुई पटक फाइनल खेलेपनि मनाङले गभनर्स गोल्डकप जितेको यो पहिलो पटक हो । दसै तिहारको विदामा उपाधि जित्न सफल भएकोले त्यसले मंसिर १ गतेबाट पुनः सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा फाइदा पुग्ने विश्व कप्तान सुजल श्रेष्ठले लिएका छन् ।
‘हामीले यहाँ तीन वटा म्याच खेल्यौं । समग्रमा राम्रो भयौं,’ उनले भने, ‘आशा छ यसले लिगमा पनि फाइदा पुग्नेछ ।’ सुजलको कप्तानीमा मनाङले विदेशी भूमिमा जितेको यो दोस्रो उपाधि हो । यसअघि उनकै कप्तानीमा मनाङले भुटानमा किङ्स कप जितेको थियो । ‘क्लबका लागि यो इतिहास नै भयो,’ उनले खुसी साटे, ‘मलार्ई व्यक्तिगत रुपमा पनि निकै खुसी लागेको छ ।’
पाल्जोर रंगशालामा शनिबार इन्डियन रेड आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको थियो । उपाधिसहित मनाङले २ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा मनाङका लागि सुजलले खेल सकिन ९ मिनेट बाँकी रहँदा गोल गरेका थिए । घरेलु फुटबलमा ए डिभिजन लिगको विश्रामको अवसरमा सिक्किम पुगेको मनाङले बाई पाएर सोझै क्वार्टरफाइनल खेलको यिथो ।
क्वार्टरफाइनलमा कोलकाता कस्टम्सलाई ४–२ ले हराएको मनाङले कोलकाता एटिकेलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो । राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य समेत रहेका सुजलले सिक्किममा मनाङले खेलेका सबै ३ खेलमा गरि ४ गोल गरे । क्वार्टरफाइनलमा २ गोल गरेका सुजलले सेमिफाइनलमा पनि १ गोल गरेका थिए । सेमिफाइनलमा डोना थापाले ह्याट्रिक गरेका थिए ।
लिग सुरु भएपछि मनाङले एनआरटीसँग पहिलो खेल खेल्नेछ । ए डिभिजन लिगको साविक विजेता समेत रहेको मनाङले ब्रिगेड ब्वाइज क्लबमाथि जित हासिल गर्दै यसपटकको यात्रा प्रारम्भ गरेको थियो । लिग जित्नु क्लबको मुख्य लक्ष्य रहेको बताउँदै सुजलले भने, ‘लिगमा साना भनिएकै टोलीले बढी चुनौति दिने देखिएको छ । त्यसैले हामीले पनि निकै सम्हालिएर खेल्नुपर्ने अवस्था छ ।’
सुजलको नजरमा मनाङसहित थ्री स्टार, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब लिगका मुख्य दाबेदार हुन् । मनाङ टोली खेलाडी आज सिक्किमबाट सिलगुढी, काकरभिट्टा हुँदै आ आफ्नो घर जाने सुजलले जानकारी दिए । कार्तिक २५ गतेबाट लिगका लागि पुन तयारी सुरु हुने उनले बताए ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]