default_image

6 years ago

November 11, 2018

ओलम्पिक छनोट : आयोजक म्यानमार र नेपाल आज खेल्दै

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को महिला फुटबल अन्तर्गत एएफसी छनोट प्रतियोगिताको प्रारम्भिक चरणमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आयोजक म्यानमारको सामना गर्दैछ । नेपाल सम्मिलित समूह ‘सी’ मा भारत र बंगलादेश पनि छन् ।

नेपालले बिहीबार भएको पहिलो खेलमा भारतविरुद्ध १-१ को बराबरी खेलेको थियो । यो नेपालको भारतविरुद्ध अहिलेसम्म उत्कृष्ट नतिजा पनि हो । यद्यपी टोलीका प्रशिक्षक हरि खड्का टोलीले अझै राम्रो गर्न सक्ने बताउँछन् । ‘म खेलाडीहरुको प्रदर्शनदेखि खुसी छु । तर हामी यो भन्दा पनि राम्रो गर्न सक्छौं । आयोजक म्यानमारविरुद्ध हामी काउन्टर अट्याकमा उत्रेर खेल्नेछौं,’ उनले हाम्रोखेलकुदसँग भने । नेपालको लागि भारतविरुद्ध कप्तान निरु थापाले ११ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर कमल देवीले ३७ औं मिनेटमा बराबरी गोल फर्काएपछि नेपाल अंक बाँड्न बाध्य भयो ।

नेपालले छनोट सम्भावना कायम राख्न आज म्यानमारविरुद्ध कम्तिमा पनि अंक जोड्नुपर्नेछ । आज पराजित भएको खण्डमा नेपालको छनोट हुने सम्भावना गणितीय रुपमा मात्र अकयम रहनेछ । म्यानमारले पहिलो खेलमा बंगलादेशलाई ५-० ले पराजित गरेको थियो । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानमार प्राविधिक रुपमा नेपालभन्दा राम्रो टोली हो । अंक तालिकामा नेपाल भारतभन्दा माथि दोस्रो स्थानमा छ ।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।

दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.